काठामाडौं । फेब्रुअरी १४ का दिन संसारभर भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस उल्लासका साथ मनाइयो।
प्रेम दिवसबारे त सबै जानकार नै छन्। तर के तपाइँहरुलाई ब्रेकअप डे भ्यालेन्टाइन डेविरुद्धको दिनको बारेमा थाहा छ?
हरेक वर्ष फेब्रुअरी २१ का दिन संसार भर भ्यालेन्टाइन डेजस्तै ब्रेक अप डे पनि मनाइन्छ।
आजको दिन आफ्नो प्रेम सम्बन्धलाई अगाडि बढाउन नसकेका युवा युवती वा प्रेम सम्बन्धबाट नकारात्मक असर परेका जोडिहरुले आफ्नो प्रेम सम्बन्ध तोड्ने दिनको रुपमा यो दिनलाई मनाउने गरेका हुन्।
फेब्रेवरी ७ तारिख देखि १४ तारिकलाई प्रेमको दिन मानेर जसरी भ्यालेनटाइन डे मनाईन्छ, त्यसरी नै एन्टि भ्यालेनटाईन डे पनि एक हप्तासम्म मनाउने गरिएको छ।
फेब्रेवरी १४ तारिखमा प्रेम दिवसहरु सकिन्छन् भने त्यसको भोलिपल्ट १५ फेब्रुअरीबाट एन्टि भ्यालेनटाइन डे पनि एकहप्तासम्म मनाइन्छ।
ब्रेकअप डेको सुरुवात थप्पड डेबाट हुन्छ र २१ फेब्रुअरीमा गएर ब्रेकअप डे मा गएर सकिन्छ। त्यसको बीचका दिनहरुमा किक डे, पर्फ्र्यूम डे, फ्लर्ट डे, कन्फेसन डे र मिसिङ डे रहेको छ।
हप्ताको अन्तिम दिनलाई प्रेममा असफल भएकाहरुले ब्रेकअप डे मनाउँछन्।