Jagaran Nepal सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौ । चपली हाइट २ को प्रमोशनमा नगएपछि चर्चित नायिका स्वस्तिमा खड्का विरुद्ध निर्माता अर्जुन कुमार कडा रिसाए ।

पत्रकारले सोधेको प्रश्नमा अर्जुनले आफ्नो र चलचित्रको बारेमा मात्रै सोध्न तर आफ्नै चलचित्रकी मुख्य कलाकार स्वस्तिमा खड्काका बारेमा नसोध्न भनेका थिए ।

यसैबिच पछिल्ला दिनमा नायिका स्वस्तिमाले पति निश्चल बस्नेतसँगको २ वटा तस्बिर सामाजिक सञ्जालमा शेयर गरेसँगै उक्त तस्विरहरु भाइरल बनिरहेका छन् । सार्वजनिक तस्बिरमा स्वस्तिमा र निश्चल नौलो पहिरनमा देखिएका छन् ।

स्वस्तिमा निलो पारदर्शी पहिरनमा छिन् भने निश्चल कालो कोर्ट र सेतो सर्ट लगाएका छन् । सामाजिक सञ्जालमा धेरैले स्वस्तिमाको पहिरनको प्रशंसा गेका छन् । स्वस्तिमा पछिल्ला दिनमा चलचित्रका अलावा म्यूजिक भिडियोमा पनि व्यक्स्त छिन् ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१