Jagaran Nepal बिहिबार, फाल्गुण ०५, २०७८

काठमाडौँ । आज सुनको भाउ बढेको छ ।

हिंजाे एकै दिन १६०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १००० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। हिंजाे छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१