Jagaran Nepal सोमबार, फाल्गुण ०२, २०७८

अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छन् । स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् ।

शाही पेशाले पर्यटन व्यवसायी हुन् । शाही र रेखा केही वर्षयता रिलेसनसिपमा रहेको स्रोतको भनाई छ । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् ।

स्रोतका अनुसार गत माघ १२ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको हो ।
-जनआस्था

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१