Jagaran Nepal सोमबार, फाल्गुण ०२, २०७८

नेशनल क्रसको ट्याग पाएकी साउथ अभिनेत्री रश्मिका मन्डन्ना पुष्पाको फिल्मको सफलतापछि पछिल्लो समय दबदबामा छिन् । फिल्ममा उनले अभिनय गरेको ‘श्रीवाली’ पात्रले दर्शकको मनमा राज गरिरहेको छ । साउथका दिग्गज निर्देशकहरू बाहेक बलिउड फिल्म उद्योगका धेरै ठूला निर्देशकहरू रश्मिका मन्डन्नालाई मन पराउँछन्। तर एक समय यस्तो थियो जब रश्मिकाले फिल्मी संसारलाई अलविदा भन्नै लागेकी थिईन् ।

रश्मिका चर्चित अनुहार भएपनि पुष्पा फिल्मले उनलाई रातारात स्टार बनाएको छ । तर उनी यस ग्ल्यामर्सले भरिएको उद्योगलाई अलविदा भन्न चाहन्थिन् यो कुरा उनले आफैंले आफ्नो एक अन्तर्वार्तामा बताएकी थिइन् । रश्मिकाले आफ्नो पहिलो फिल्म ‘किरिक पार्टी’ रिलिजपछि मात्र फिल्म उद्योगलाई अलविदा भन्न लागेकी थिइन् । यो रहस्य उनले आफ्नो अन्तर्वार्तामा खुलासा गरेकि हुन् । उनले भनिन्, – एक फिल्मपछि यो सिनेमा छोडेर बुबाको व्यवसायमा लाग्न लागेको थिएँ ।

एक अन्तर्वार्तामा उनलाई सोधिएको थियो कि तपाईले १९ वर्षको उमेरमा काम गर्न थाल्नुभयो, यो उमेरमा केटीहरु आफ्नो जीवनमा रमाइलो गर्छन् तर तपाई दिनरात मिहिनेत भन्नुहुन्थ्यो, त्यो बेला तपाईले के गर्नुभयो ? तपाईलाई कस्तो लाग्यो ? यस प्रश्नको जवाफमा रश्मिकाले भनिन्, –म पनि आफ्नो जीवनको आनन्द लिन चाहन्थें, हो, मलाई गर्व छ कि मैले त्यो दिनमा यति धेरै काम गरें कि आज यो नतिजा पाएको छु । तर पहिले म सोच्थेँ कि हो ।

ठिकै छ र फिल्म गरेपछि मेरा आमाबुवाले पनि त्यही फिल्म नै गर, पछि फर्केर आउनु भनेका थिए तर सायद नियति यही थियो र दर्शकको मायाले मलाई यहीँ रोक्यो ।” यसबाट स्पष्ट हुन्छ कि रश्मिकाले आफ्नो ब्याकअप प्लान पहिले नै बनाइसकेकी छिन् । फिल्ममा सफल नभएको भए उनले बुवाको व्यवसाय सम्हाल्ने भएकी हुन् । र आज उनी फिल्म ‘पुष्पा’की अभिनेत्री मात्र छैनन् आज उनी ठूला अभिनेत्रीको सुचीमा परेकी छिन् र उनले नेशनल क्रसको उपाधि पनि पाएकी छिन् ।

उनको हँसिलो अनुहार फ्यानका लागि खुशीको स्रोत बनेको छ । यसअघि उनी साउथ फिल्म उद्योगको मुटुको धड्कन मात्र हुन् । तर फिल्म ‘पुष्पा’ रिलिज भएपछि उनी पनि बलिउडको प्राण बनेकी छिन् । उनलाई बलिउड फिल्मबाट अफर पनि आएको छ, जसमध्ये उनी सिद्धार्थ मल्होत्रासँग ‘मिशन मजनू’ मा स्क्रिन सेयर गर्दै देखिनेछिन् भने अर्को ‘गुडबाय’ मा अमिताभ बच्चनसँग देखिने छिन् ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१