Jagaran Nepal शुक्रबार, माघ २८, २०७८

बलिउड इन्डस्ट्रीकी चर्चित अभिनेत्री कट्रिना कैफ कहिले आफ्नो विवाहका कारण चर्चामा छिन् भने कहिले आफ्नो फिल्मका कारण चर्चामा रहन्छिन् । अभिनेत्री सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनी हरेक दिन कुनै न कुनै राम्रो पोस्ट सेयर गरिरहेकी छिन्। उनका फ्यानहरूले पनि उनको यी पोष्टलाई निकै मन पराउँछन् । यसैबीच उनको एउटा भिडियो निकै भाइरल भइरहेको छ ।

जसका कारण उनका फ्यानहरुले क्याटको यो भिडियोका कारण उनी र विक्कीबीचको दूरी बढ्न सक्ने बताएका छन् । अभिनेत्री कट्रिना कैफका धेरै भिडियोहरू हरेक दिन भाइरल हुन्छन्। तर यसपटक उनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनी अभिनेता सलमान खानको काखमा देखिएकी छिन् । भाइरल भिडियो भर्खरको नभई धेरै पुरानो हो । भाइरल भिडियो सन् २०१२ मा रिलिज भएको फिल्म ‘एक था टाइगर’को बताइएको छ ।

भिडियोमा सलमान खान र कट्रिना कैफ एकअर्काको हात समातेर चर्चित गीत ‘माशाल्लाह’ को सुटिङ गरिरहेको देखिन्छ । यस क्रममा क्याटले केही मुभ्स गर्छिन् र सलमानले उनलाई ठट्टा गर्छन् । जसका कारण क्याटले उनको घाँटी थिच्न खोज्छिन् । दुबैको यो क्यूट केमेस्ट्री विक्कीका फ्यानहरुलाई मन परेको छैन । यसैबीच सलमानलाई क्याटसँग देखेर उनका फ्यानहरुको मन निकै खुसी भएको छ ।

फ्यानहरुले यो भिडियोलाई माया गरिरहेका छन् । उक्त भिडियोमा फ्यानहरुले कमेन्टको वर्षा गरिरहेका छन् । सलमान र कट्रिना कैफको यो भिडियोमा कमेन्ट गर्दै फ्यानले यस्तो भिडियो भाइरल नगर्न नत्र भाइजानसँग विक्की कौशल जल्न थाल्नेछन् भनेर लेखिरहेका छन् । सलमानलाई सपोर्ट गर्दै कतिपयले क्याट–सलमान खानसँग मात्रै राम्रो देखिन्छ भनेर लेखिरहेका छन् ।

यसबाहेक केही प्रयोगकर्ताले दुवैलाई देखेपछि विक्की जल्न थाल्छ भन्ने लेख्छन् । जबकि अरूले यो भिडियोका कारण विक्की कौशल र कट्रिना कैफले सम्बन्धविच्छेद गर्न नहुने टिप्पणी गरेका छन्।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१