Jagaran Nepal बिहिबार, माघ २७, २०७८

पाकिस्तानकी टिकटक स्टार हरीम शाह एक पटक फेरि चर्चामा छिन् ।

हरीम शाहले पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए)ले आफ्ना पतिलाई झुटो आरोप लगाएर दुःख दिइरहेको आरोप लगाएकी छिन् । गत महिना हरीम शाहको एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा उनले ब्रिटिश पाउण्डका नोटका मुठाहरु पाकिस्तान सरकारको खिल्ली उडाइरहेकी थिइन् ।

आफ्ना पतिविरुद्ध गरिएको कारवाहीका विषयमा उनले भनेकी छिन् ‘जब एफआइएले मेरो केही बिगार्न सकेन त्यसपछि उसले मेरा पति बिलाल शाहविरुद्ध झुटो आरोप लगाएर बदला लिइरहेको छ । मेरा पतिविरुद्ध कुनै एफआइआर नहुँदा पनि जब रजस्ती असुली र ड्र ग्सको तस्करीको आरोप लगाइएको छ ।’

हरीम शाहलाई पाकिस्तानकी सबैभन्दा चर्चित ‘ड्रामा क्वीन’ मानिन्छ । पाकिस्तानी पत्रकार नूर अल आरफीनले त यहाँसम्म दावी गरिसकेका छन् कि यदि हरीमको घरमा छा पा मार्ने हो भने एक रातमा इमरान खानको सरकार ढल्नेछ ।

आरफीनको दावीअनुसार इमरान खानदेखि शाह महमुद कुरेशी र शेख रशीदसम्मका उल्टा सिधा भिडियो हरीम शाहको मोवाइलमा छन् । पीटीआइको पूरै नेतृत्व हरीम शाहको मोवाइलमा बन्द छ ।

गत महिना हरीम शाहले शेयर गरेको भिडियोमा उनले पाकिस्तानबाट ठूलो रकमको साथमा यात्रा गर्नेहरु सचेत हुनुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन् ‘म निकै सजिलै बेलायत आएँ । पाकिस्तानमा कानुन केवल गरिबहरुमा लागू हुन्छ ।’

अहिले पाकिस्तानमा विदेशी मुद्राको चरम अभाव छ । यही कारण बिना अनुमति केवल १० हजार डलर मात्रै विदेशी मुद्रा देशबाहिर लैजान पाइन्छ । तर, हरीम शाहसँग योभन्दा कैयौं धेरै रकम थियो । त्यसपछि उनीविरुद्ध मनी लण्ड्रिङको केसमा जाँच सुरु गरियो ।

हरीम शाहले एक टेलिभिजन कार्यक्रमका क्रममा पाकिस्तानका मन्त्री शेख रशीललाई फोन गरिदिएकी थिइन् । तबिश हाशमीको शोमा कुराकानीका क्रममा शेख रशीदको चर्चा भएपछि हरीम शाहले तत्काल मोवाइल उठाएर पाकिस्तानका गृहमन्त्रीलाई फोन गरेकी थिइन् । गृहमन्त्री शेख रशीदले त्यतिबेला हरीम शाहलाई पनि फोन गर्न भनेका थिए ।

हरीम शाहले २ वर्ष पहिले शेख रशीदमाथि अ श्लिल भिडियो पठाएको आरोप लगाएकी थिइन् । यो आरोप लगाउँदै उनले शेख रशीदको एउटा भिडियो शेयर गरेकी थिइन् । हरीमले शेयर गरेको भिडियोमा शेख रशीदले भनेका थिए ‘मेरो कुरा राम्रोसँग सुन्नुस् । मैले तपाइँको कुनै पनि रहस्य दुनियाँको अगाडि खोलेको छैन । तैपति तपाइँले मसँग कुराकानी किन बन्द गर्नुभयो ? त्यसपछि रशीदले भन्छन् ‘हरीम तिमीलाई जे गर्नु छ त्यो गर ।’

पाकिस्तानका नामी र पहुँचवाला सत्ताका खेलाडीहरुसँग उनको सिधा पहुँच छ । खासगरी इमरान खान प्रधानमन्त्री भएपछि हरीम शाहको पहुँच तीब्र रुपमा बढेको छ ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१