Jagaran Nepal बिहिबार, माघ २७, २०७८

सानो पर्दाको सबैभन्दा चर्चित शो ‘रामायण’ सबैको मनपर्ने शो हो । यो शो आज पनि त्यति नै चर्चित छ, जति शो रिलिज हुँदा थियो । रामानन्द सागरको टिभी सिरियल ‘रामायण’मा धेरै कलाकारले काम गरेका थिए । यस कार्यक्रमबाट धेरै कलाकारले पहिचान पनि पाएका छन् ।

जसमध्ये सीताको भूमिका निभाएकी दीपिका चिक्लिया पनि एक हुन् । उनको अभिनयलाई फ्यानहरुले निकै रुचाएका छन् । त्यसपछि उनको फ्यान फलोइङ तुरुन्तै बढ्यो । हालै उनको एउटा तस्विर भाइरल भइरहेको छ, जसमा उनको लुकले फ्यानहरुको होश उडाइरहेको छ । अभिनेत्री दीपिका चिकालियाको एउटा तस्विर निकै भाइरल भइरहेको छ ।

जुन अभिनेत्रीले आफ्नो इन्स्टाग्राम स्टोरीबाट सेयर गरेकी हुन् । भाइरल तस्विर हेर्दा नायिका आफ्ना साथीहरूसँग कतै जाँदै सडकको छेउमा उभिएर फोटो खिचाइरहेकी देखिन्छन् । यो तस्विरमा अभिनेत्री टी–सर्ट र पाईन्टमा देखिएकी छिन् । उनको लुक निकै कम्फर्टेबल छ र फ्यानहरुले निकै रुचाएका छन् । साथै, दीपिकाको पोस्टमा उनले कडा प्रतिक्रिया दिइरहेका छन् ।

अभिनेत्रीको वर्कफ्रन्टको कुरा गर्ने हो भने अभिनेत्री दीपिका फिल्ममा कमै देखिने गर्छिन् । यतिबेला उनि फिल्मबाट टाढै बसेकि छिन् । उनी पछिल्लो पटक फिल्म ‘बाला’ मा देखिएकि थिईन् । जहाँ उनीसँग अभिनेता आयुष्मान खुराना, यामी गौतम र भूमि पेडनेकरले स्क्रिन सेयर गरेका थिए ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१