Jagaran Nepal बिहिबार, माघ २७, २०७८

काठमाडौं । भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी कलकार हुन् रियाशा दाहाल । सिरियलदेखि म्यूजिक भिडियोसम्म काम गरेर राम्रो चर्चा बटुलीरहेकी सुन्दरी मोडल तथा कलकार रियाशा फेरी एक पटक चर्चाको शिखरमा छिन् । उनी चर्चामा आउनुको कारण हो माया प्रेम । पछिल्ला दिनमा उनी आफ्नो लभ अफेयरलाई विस्तारै फुकाउँदै जान थालेकी छन् ।

रियाशाका प्रेमी हुन् भिक्टर पौडेल । बाग्लुङका भिक्टर र रियासाको माया प्रेमले भरिएका भिडियोहरु यतिबेला टिकटकमा पनि भाइरल छन् । खासमा भिक्टर ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजका संचालक हुन् । सामाजिक सञ्जालमा उनी ‘रुटिने’ उपनामले चर्चित छन् ।

नेपालकै चर्चित र विश्वासिलो सामाजिक सञ्जालका संचालक भिक्टर र रियाशाको माया प्रेमको कहानी सुरु भएको करिब दुई वर्ष पुगेको बताइन्छ । उनीहरुको परिवारमा समेत यो कुराको जानकारी भएको भएता पनि सार्वजनिक रुपमा भने यो जोडीले अन्य कलकारहरुले झै एकअर्काको साथी मात्रै भएको बताउँदै आएका छन् ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१