Jagaran Nepal बुधबार, माघ १९, २०७८

बलिउड अभिनेत्री सारा अली खान कहिले आफ्नो फिल्मका कारण र कहिले आफ्नो लुक्सलाई लिएर चर्चामा रहने गर्छिन् । उनी आफ्नो नयाँ लुक्स प्रयोग गरेर आफ्ना फ्यानहरूलाई प्रभावित गरिरहेकी छिन्। उनी आफ्नो फिटनेसलाई लिएर पनि निकै ध्यान दिने गरेकी छिन् । हालै उनी जिमबाहिर देखिएकी थिइन् । तर यसै क्रममा सारासँग केही भयो, जसको फोटो पत्रकारले भिडियो बनाएर सामाजिक सञ्जालमा राखेपछि त्यो भिडियो भाइरल भयो ।

भिडियोमा, सारा जिमको बाहिर कारबाट तल झरेको देखिएकी छिन्, जब उनको सर्ट्स अलि तल चिप्लियो। त्यसपछि सारा सर्ट्स माथि सर्दै देखिएकी छिन् । यसपछि सारा क्यामेराको अगाडि पोज दिएर बाहिरिन्छिन् । यो भिडियो हेरेपछि मानिसहरुले सारालाई ट्रोल गरेका छन् तर कतिपयले कमेन्टमा फोटो पत्रकारलाई ट्रोल गरेका छन् ।

कमेन्ट सेक्शनमा फोटो पत्रकारको खिल्ली उडाउँदै एक प्रयोगकर्ताले लेखेका छन्, –‘जब उनले आफ्नो सर्ट फिक्स गरिरहेकी छिन्, तपाई किन उनको भिडियो बनाउनुहुन्छ, लाज मान्नुहोस् । साराको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी पछिल्लो पटक आनन्द एल राईको निर्देशनमा बनेको फिल्म ‘अतरंगी रे’ मा अक्षय कुमार र धनुषसँग देखिएकी थिइन् ।

यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । यो फिल्मलाई जनताले निकै रुचाएका छन् । अहिले सारा आफ्नो अर्को फिल्ममा व्यस्त छिन्, उनी हिजोआज विक्की कौशलसँग फिल्ममा काम गरिरहेकी छिन् । उनको फिल्मको सेटबाट केही तस्विरहरू पनि भाइरल भएका थिए जसमा उनी विक्की कौशलसँग मोटरसाइकलमा इन्दौर सहरको सडकमा घुमिरहेकी देखिएकी थिईन् ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१