Jagaran Nepal बुधबार, माघ १९, २०७८

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीले आफ्नो मेहनतले बलिउडमा छुट्टै पहिचान बनाएकी छिन् । नोरा फतेही डान्सर हुन तर उनी धेरै ठूला फिल्ममा पनि देखिएकी छिन् । नोरा फतेही आफ्नो पर्सनल र प्रोफेशनल लाइफका कारण सधैं चर्चामा रहने गर्छिन् । यससँगै नोराको ड्रेसिङ सेन्स पनि चर्चामा रहन्छ ।

हामी तपाईलाई नोरा फतेहीसँग सम्बन्धित एउटा नसुनेको किस्सा बताउन गइरहेका छौँ । सुटिङका क्रममा जब नोरा फतेही सबै क्रु मेम्बरका अगाडि स्ट्रिप गर्न लागेकी थिइन्, उनलाई निकै लाज लाग्यो । भनिन्छ, नोरा फतेही आफ्नो एउटा गीतको छायांकन गरिरहेकी थिइन्, त्यही क्रममा नोरा फतेहीको पहिरन क्रु मेम्बरका अगाडि खुल्ने क्रममा नायिका तमन्ना भाटियाले उनको लुगा समातिन् ।

नोरा फतेहीले आफ्नो एक अन्तर्वार्तामा यो जानकारी दिएकी हुन् । उक्त अन्तर्वार्तामा उनले भावुक हुँदै भनिन्– त्यतिबेला तमन्ना भाटिया नभएको भए सबैका अगाडि मेरो इज्जतमा आँच आउने थियो । नोरा अभिनेत्री तमन्ना भाटियालाई धन्यवाद दिन्छिन् । नोरा फतेहीसँग यो पहिलो पटक होइन जब उनी आफ्नो कपडाको कारण उफ्फ पलको शिकार हुनुपरेको थियो।

उनी आफ्नो अनौठा लुगाका कारण अक्सर चर्चामा रहन्छिन् । उनको लुगा देखेर फ्यानहरुको पनि होश उडाउने गरेको छ । तर उनको फेसन सेन्सको नक्कल गर्नु आम मानिसको कुरा होइन । नोरा फतेहीको नाम बलिउडको सबैभन्दा स्टाइलिस कलाकारमा पर्छ । ‘दिलबर दिलबर’ गीतबाट लोकप्रिय भएकी नोरा फतेहीले यस गीतमा गरेको नृत्यलाई दर्शकले निकै रुचाएका थिए ।

यो गीतमा उनले गरेको डान्स निकै चर्चामा आएको थियो । धेरैले उनको नक्कल गरिरहेका थिए । यो गीतपछि नोरा फतेहीले पछाडि फर्केर हेर्नुपरेन र एकभन्दा बढी हिट फिल्ममा काम गरिन् । उनले बलिउडका धेरै कलाकारसँग पनि काम गरिसकेकी छिन् ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१