Jagaran Nepal मंगलबार, माघ १८, २०७८

बलिउड इन्डस्ट्रीमा मिस्टर परफेक्शनिस्ट भनेर चिनिने आमिर खान आफ्नी छोरी इरा खानका कारण अक्सर चर्चामा रहन्छिन् । अरु स्टार किडजस्तै इरा खान पनि दिनहुँ चर्चाको विषय बन्ने गर्छिन् । यसपटक इरा आफ्ना तस्विरका कारण चर्चामा छिन् । इरा खानका केही तस्बिरहरू सामाजिक सञ्जालमा सामान्य रूपमा भाइरल भइरहेका छन्। जसका कारण उनी ट्रोलको सामना गरिरहेकि छिन् ।

मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।आमिर खानकी प्यारी इरा खानले अहिलेसम्म फिल्म इन्डस्ट्रीमा पाइला टेकेकि छैनन् । तर पनि उनको लोकप्रियता कुनै अभिनेत्री भन्दा कम छैन । तर कहिलेकाहीँ यो लोकप्रियता तिनीहरूका लागि खतरा हुन्छ। स्टारका छोरा छोरीलाई ठूलो संख्यामा मानिसहरूले हेरिरहेका हुन्छन् । तर कहिलेकाहीँ इराका तस्बिर उनको लागि ट्रोलिङको विषय बन्ने गरेको छ ।

हालै इन्स्टाग्राममा फोटो पत्रकारका केही तस्विर भाइरल भइरहेका छन् ।जसमा इराले सेतो रंगको सर्टसहित सेतो क्रप टप लगाएकी छिन् । यससँगै उनले महामारीका कारण मास्क पनि लगाएकि छिन् । उनका यी तस्विरहरु सामान्य छन् । तर इरालाई उनको खुट्टाका कारण ट्रोल गरिएको छ । तस्बिरमा इराको खुट्टामा तीनवटा कालो थोप्ला दाग देख्न सकिन्छ । यो देखेर मानिसहरुले अश्लील टिप्पणी गरिरहेका छन् ।

इराको यो तस्बिरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्,– कति बेकार खुट्टा छन् । जबकि अर्काले लेखेका छन्, – कसरी यो दाग लाग्यो, कसैलाई चुरोटले हानि गर्योख कि ? यसबाहेक केहीले सीमा नाघ्दै कमेन्टमा ‘उनको आँखा हेर, नशामा छन्’ लेखेका छन् । अर्को एक जनाले लेखेका छन्– ‘इराले आफ्नो उपचार गराउनुपर्छ’।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१