Jagaran Nepal सोमबार, माघ १७, २०७८

काठमाडौं । साओमीले हालै नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गरेकोे छ । क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, चिपसेट लगायतमा समयानुकूल अपग्रेड गर्दै यो फोन भित्र्याएको कम्पनीको दाबी छ ।

फ्ल्यागशिप क्यामेराको अनुभव दिन नोट ११ मा ५० मेगापिक्सेल क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ ।

११८ डिग्रीको भ्युइङ एङ्गल भएको अल्ट्रा-वाइड क्यामराले राम्रो पोट्रेट फोटो खिच्न सकिने कम्पनीको दाबी छ । उसका अनुसार २ मेगापिक्सेलको म्याक्रो क्यामराले नजिका वस्त राम्रो डिटेल सहित खिच्न सक्छ । साथै फोनको अगाडिपट्टि रहेको १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

१२० हर्जसम्मको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेटसहितको फोनले स्मुथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनका साथ प्रयोगकर्ताको स्क्रिन अनुभवलाई राम्रो बनाउनसक्छ ।

यसको फिङ्गर टच अझ प्रेसाइज रहेको कम्प्नीको दाबी छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा फुल एचडी प्लस एमोलेड डट डिस्प्लेले डीसीआई पीथ्री वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो फोनमा फ्ल्याट एज बडी डिजाइन छ । फोनको माथि र तल्लो भागमा डुअल सुपर लिनियर स्पिकर दिइएको छ, जसकारण भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिने कम्पनीको भनाइ छ ।

एन्ड्रोइड १२ मा आधारित मियूआई १३ मा चल्ने फाेनमा क्वालकमकाे स्न्यापड्रागन ६८० प्राेसेसर छ । फोनमा ३३ वाटको फास्ट चार्जिङसहित ५००० एमएएचको ब्याट्री छ ।

मूल्यकाे कुरा गर्दा ४/६४ जीबी भेरियन्टकाे २२ हजार ९९९ रूपैयाँ, ४/१२८ जीबी भेरियन्टकाे २४ हजार ९९९ रूपैयाँ र ६/१२८ जीबी भेरियन्टकाे २६ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१