Jagaran Nepal सोमबार, माघ १७, २०७८

नेपाल क्रिकेट संघ (क्यान) ले रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी २० विश्वकप छनोटका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो ।

श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।​ श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।

‘प्रशिक्षक श्रीनिवासले अमेरिकामा मसँगै काम गरेका छन् । उहाँ उर्जावान फिल्डिङ प्रशिक्षक हुनुहुन्छ,’ पुबुदुले भने ।

नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दै छ ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१