Jagaran Nepal सोमबार, माघ १७, २०७८

स्पेनका स्टार टेनिस खिलाडी राफेल नाडालले आइतबार (३० जनवरी) मा एउटा नयाँ इतिहास रचेका छन् । उनले वर्षको पहिलो ग्रान्ड स्ल्याम अष्ट्रेलियन ओपन आफ्नो पोल्टोमा पारेका छन् । यससँगै उनी सबैभन्दा बढी २१ ग्रान्ड स्ल्याम उपाधि जित्ने संसारको पहिलो खिलाडी बनेका छन् ।

नाडाल टेनिस कोर्टमा जति खतरनाक खिलाडी हुन्, कोर्ट बाहिर त्यति नै विलासी जीवन बिताउँछन् । उनी जुन बंगलामा बस्छन्, त्यसको मूल्य ३ मिलियन पाउन्ड (४८ करोड रुपैयाँ) हो । यो भवन नडालले सन् २०१३ मा बनाएका थिए ।

नाडालले आफ्नो बंगला बलियरिक टापुमा बनाएका छन् । उनले आफ्नो घरको झलक पहिलो पटक सन् २०२० मा लकडाउनका बेला देखाएका थिए । नाडालको यो घर हजार स्क्वायर मिटरमा फैलिएको छ । यो घरबाट समुद्रको उत्कृष्ट दृश्य देखिन्छ ।

नाडालकरिब १५० मिलियन पाउन्ड (२४ अर्ब रुपैयाँ) का मालिक हुन् ।

स्पेनिस स्टार राफेल नाडालसँग संसार घुम्न र छुट्टी बिताउनका लागि ५ मिलियन पाउन्ड (८० करोड) को चार्टर्ड प्लेन Cessna Citation CJ2+ छ । नाडाल संसारभरी जहाँ पनि खेल खेल्न जान्छन्, त्यहाँ उनी चार्टर्ड प्लेनमा नै जाने गर्छन् ।

नाडालसँग ७२ करोडको एउटा भव्य जहाज पनि छ । यसको नाम 80 Sunreef Power catamaran हो । समुद्रमा छुट्टी बिताउन र घुम्नका लागि नाडाल यसै जहाजको प्रयोग गर्छन् ।

राफेलले सन् २०१९ मा आफ्नी प्रेमिका मारिया फ्रान्सिस्का पेरेलोसँग विवाह गरिन् । यी दुई करिब १४ वर्षसम्म सम्बन्धमा रहेपछि विवाह गरेका हुन् । मारिया व्यावसायिका रुपमा एक बीमा एजेन्ट हुन् ।

नाडालले दोस्रो पटक अष्ट्रेलियन ओपन उपाधि जितेका हुन् । यसअघि सन् २००९ मा पहिलो पटक उनले ग्रान्ड स्ल्याम जितेका थिए । नडालको यो छैटौँ अष्ट्रेलियन ओपन फाइनल रह्यो ।

नाडालले अहिलेसम्म २ अष्ट्रेलियन ओपन, १३ फ्रेन्च, २ बिम्बलडन र ४ यूएस ओपन ग्रान्ड स्ल्याम जितेका छन् । यसरी नाडालले सबैभन्दा बढी २१ ग्रान्ड स्ल्याम जितेका छन् । उनीपछि २०–२० पटक ग्रान्ड स्ल्याम उपाधि जितेका रोजर फेडरर र नोवाक जोकोविच संयुक्त रुपमा दोस्रो नम्बरमा छन् ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१