Jagaran Nepal सोमबार, माघ १७, २०७८

कोरोना भाइरसको प्रकोपपछि मास्कको महत्त्व बढेको छ । यस्तो मास्कको मूल्य बजारमा केही रूपैयाँदेखि बढीमा हजार छ ।

तर पछिल्लो समय एउटा मास्कको चर्चा चुलिएको छ, जसको मूल्य नै १५ लाख अमेरिकी डलर रहेको छ ।

इजरायलको गहना निर्माण कम्पनीले कोरोना भाइरससँग जुध्न यति महँगो मास्क बनाएको हो ।

मास्कमा १८ क्यारेटको सुन प्रयोग भएको बताइएको छ । त्यस्तै शुद्ध हीरा र एन १९ फिल्टर पनि राखिएको छ ।

मास्क एबेल कम्पनीका डिजाइनर इन्साक लेबीले गरेका हुन् ।

एबेल कम्पनीका मालिकले २ मास्कको माग भएको बताएका छन् । मास्कको माग गर्ने व्यक्ति अमेरिकामा रहेका चिनियाँ व्यापारी भएको बताए पनि पहिचान गोप्य राखिएको छ ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१