Jagaran Nepal सोमबार, माघ १७, २०७८

काठमाडौं । करोडौं मूल्यका गाडी चढ्ने र आलीशान महलमा बस्ने मालिकहरु नै सरकारकार तिर्नुपर्ने राजश्व रकम समयमा तिर्दैनन्् भन्दा आश्चर्य लाग्न सक्छ । बरु बदनाम हुने गुमनाम नहुने नीति उनीहरुले अख्तियार गरेको सरकारलाई बुझाउनुपर्ने बक्यौता रकमले पुष्टि गरेको छ । नाम चलेका प्रतिष्ठित व्यापारी, ठेकेदार कम्पनी, उद्योगी, व्यापारीलगायतले मूल्य अभिबृद्धि करवापतको सरकारलाई तिर्नुपर्ने राजश्व रकम समयमा तिरेका छैनन । ‘क’ वर्गका निर्माण व्यवसायी, संचार गृह, सरकारी संस्थान, छापाखानालगायतका करदाताले नेपाल सरकारलाई दाखिला गर्नुपर्ने राजश्व बक्यौता रकम नतिरेकोआन्तरिक राजश्व कार्यालय पुतलीसडकले जनाए को छ ।

२०७८ पुस २५ गते कार्यालयले सार्वजनिक सूचना जारी गर्दैमूल्य अभिबृद्धि कर बक्यौता वापतको रकम १५ दिन भित्रमा दाखिला गर्न २ सय ५६ करदातालाई ताकेता गरेको छ ।५ लाखदेखि करोडौं रकम बक्यौता तिर्न आनकानी गरिरहेकाती करदाताहरुलाई कर कार्यालयले १५ दिनको सयमसीमा तोकेरनै उर्दी जारी गरेको छ ।

बक्यौता दाखिलाको लागि विभिन्न समयमा पत्रचार, टेलिफोन, संकलन भ्रमण समेतबाट जानकारी गराइएको भएपनि आलटाल गरेकै कारण सार्वजनिक सूचना नै प्रकाशित गर्नु परेको कार्यालयश्रोतले बताएको छ ।
सूचना प्रकाशित भएको १५ दिनभित्र बक्यौता मूल्य अभिबृद्धि कर दाखिला गरिसकेको वा गर्न नपर्ने प्रमाण भए पेश गर्नको लागि पनि कर कार्यालयले करदातासँग अनुरोध पनि गरेको छ । अन्यथा मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २१ (१) मा उल्लेखित कुनै वा सवै तरिका अपनाएर करदातासँग बक्यौता कर असुल गरिने थे्रट पनि कार्यालयले दिएको छ ।

करोड भन्दा बढी बक्यौता
नतिर्नेहरु को–को छन् ?
करोड भन्दा बढी बक्यौता कर नतिर्ने पहिलो नम्वरमा अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.का राकेशकुमार अग्रवाल परेका छन । उनले ८ करोड ६२ लाख ९१ हजार भन्दा बढी बक्यौता रकम तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । आङकाजी शेर्पाको बैदेही इक्युमेन्ट एण्ड कन्ट्रकसन पा.लि.बाट ८ करोड ३४ लाख २९ हजार ८ सय १४ रुपैयाँ बक्यौता असुल हुनबाँकी रहेको सार्वजनिक सूचनामा जनाइएको छ ।
यस्तै सरकारी स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले पनि सरकारलाई बक्यौता कर तिरेको छैन । सो संस्थानले २ करोड ४८ लाख ११ हजार भन्दा बढी रकम तिर्न बाँकी रहेको कार्यालयश्रोतले बताएको छ ।

एउटा टेलिभिजन कम्पनीका संचालकलेपनि सरकारलाई ५ करोड ५३ लाख ५१ हजार मुअक बक्यौता कर बुझाउन बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । लक्ष्मीप्रसाद प्याकुरेलको एभरेष्ट डिष्ट्रिव्युसन प्रा.लि.ले १ करोड ९५ लाख २१ हजारमुअक बक्यौता बाँकी रहेकोले कर दाखिला गर्न कार्यालयले ताकेता गरेको छ ।शंकर माली निर्माण सेवा प्रा. लि.ले नेपाल सरकारलाई १ करोड ३७ लाख ८९ हजार मुअक बक्यौता कर बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

मनिशप्रसाद राजभण्डारीको आई.एम.एस. एयरपोर्ट सर्भिसेज प्रा. लि.ले १० करोड ६२ लाख २९ हजार भन्दा बढी बक्यौता रकम दाखिला गर्न बाँकी रहेको बताइएका छ । राम कार्की प्रमुख रहेको गौरीशंकर फर्निसिङ्गले १ करोड २८ लाख ५७ हजार बक्यौता कर बुझाउन बाँकी रहेको छ । दि गणेश इन्टरप्राइजेज प्रा.लि.ले २ करोड ३२ लाख ७० हजार भन्दा बढी बक्यौता रकम कर कार्यालयमा दाखिला गर्न बाँकी रहेको समाचारश्रोतले बताएको छ ।

चर्चित ठेकेदार कम्पनी सकुन्तलाल हिराचनको युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रा. लि.ले सरकारलाई १४ करोड ९९ सय लाख बक्यौता रकम तिर्न बाँकी रहेको बताइन्छ । भ्याट नम्वर ३०१५५१८१२ का करदाता ग्याबिओनेटले पनि १५ करोड ९० लाख बक्यौता कर दाखिला गर्न बाँकी रहेको बताइन्छ ।

लाख भन्दा माथि बढी बक्यौता
रहेकाहरु को–को छन ?
कृष्णकाजी बादेको बागबजार छापाखानाले ८५ लाख बक्यौता रकम कर कार्यालय पुतलीसडकमा दाखिला गर्न बाँकी रहेको बताइएको छ । प्रभाशंकर श्रीवास्तवको एशिया प्यासिफिक कम्युनिकेशन्स एशोसियट प्रा.लि.ले ९४ लाख १९ हजार ८ सय ४२ रुपैयाँमुअक बक्यौता दाखिला गर्नुपर्ने बताइएको छ । बासुदेव आचार्यको कान्तिपुर मेनेज्मेन्ट प्रा.लि.ले ९ लाख ७५ हजार र रोमीलाल श्रेष्ठको सुलक्स सेन्टरले ७८ लाख ९८ हजार बक्यौता बुझाउन बाँकी रहेको बताइएको छ ।

रामेको कन्भिनियन्ट स्टोर प्रा.लि.ले ५८ लाख ३६ हजार भन्दा बढी मुअक बक्यौता रकम कर कार्यालयमा दाखिला गर्न बाँकी रहेको बताइन्छ । रुपक सैंजुको अग्रणी प्रेस प्रा.लि.ले ५३ लाख ५० हजार ५ सय ६८ रुपैंया र उषा अग्रवालको नाममा रहेको अमि अभि स्टोरले ५९ लाख ६३ हजार ९ सय ६३ रुपैंया मुअक बक्यौता कर रकम दाखिला नगरेको कर कार्यालयले जानकारी दिएको छ । दी पार्क एभेन्यु सर्टिङ्ग–सुटिङ्ग एण्ड टेलरिङ्ग हाउसको नाममा ६० लाख १ हजार ४ सय ६९ रुपैंया बक्यौता रहेको बताइएको छ ।

सरोज राईको नाममा रहेको बैकिङ अटोमेशन सोलुशन प्रा.लि.को नाममा ८७ लाख २९ हजार र कृष्ण बादेको गणेश इन्टर नेशनलले ६२ लाख ६२ हजार बक्यौता कर दाखिला गर्न बाँकी राखेको पाइएको छ । चन्द्रलाल ठाकुरको द क्यापिटल मार्केटिङ्गबाट ५१ लख ६५ हजार ८ सय ९० रुपैंया बक्यौता कर रकम सरकारले असुली गर्न बाँकी रहेको देखिएको छ ।

काजी लामाको साइनो रेष्टुरेण्ट बार प्रा.लि.बाट सरकारले ६० लाख ८८ हजार बक्यौता रकम असुल गर्नुपर्ने देखिएको छ । राजेन्द्र भरेलको फाइन डिजाइन एण्ड प्रेस प्रा.लि.ले ५४ लाख १२ हजारभुषण तण्डुकारको शाख सेक्युरिटी कम्पनी प्रा.लि.ले ३४ लाख ६९ लाख १ सय ९० रुपैंया बक्यौता राजश्व रकम दाखिला गर्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । ओम थापाको बिजमाण्डु प्रा.लि.ले ४३ लाख ६५ हजार मुअक बक्यौता कर दाखिला नगरेको बताइएको छ ।

यदुराज ओलीको पी.वाई.सी एण्ड एशोसियटले ४० लाख ८२ हजार र उत्तम नेपालको एलेगेन्ट वेयर्स ३५ लाख ४२ हजार ४ सय २९ रुपैंया बक्यौता राजश्व रकम दाखिला गर्न बाँकी राखेको प्राप्त विवरणमा जनाइएको छ । सौर्य दैनिक पत्रिकाका मालिक बोधराज त्रिपाठीको नाममा रहेको सिर्जना इन्टरनेशनल मिडिया प्रा.लि.ले ६० लाख ७१ हजार १८ रुपैंया मुअक बक्यौता राजश्व रकम कर कार्यालयमा दाखिला गर्न कर कार्यालयले ताकेता गरेको छ ।

यस्तै ६०१६४३२१९ भ्याट नम्वर भएको करदाता साइ बाबा कन्ट्रक्सनले ३५ लाख ७३ हजार मुअक बक्यौता रकम दाखिला गर्नुपर्ने भएको छ । विकास भण्डारीको थ्री प्रोडक्सन प्रा.लि.लाई ३१ लाख ३३ हजार २ सय ५२ रुपैंया र रमा गौतमको नाममा रहेको उषा ओभरसिजलाई ३३ लाख २८ हजार बक्यौता रकम दाखिला गर्न कार्यालयले ताकेता गरेको प्राप्त बिवरणमा जनाइएको छ ।

रबिन्द्रमान मल्लको नाममा रहेको ल्याण्डमार्क रियल्टी एण्ड होटल अपार्टमेन्ट प्रा.लि.बाट कर कार्यालयले ७० लाख ८४ लाख मुअक बक्यौता असुली गर्न बाँकी रहेको बताइन्छ । प्योर साउण्ड प्रा.लि.का प्रशेन्द्रभक्त शाखबाट ४४ लाख ९९ हजार मुअक बक्यौता उठन बाँकी रहेको बताइएको छ । इजन श्रेष्ठको वाप्कोस लिमिटेडको नाममा ३४ लाख ८९ हजार मुअक बक्यौता उठन बाँकी रहेको कार्यालयले जनाएको छ । भुषण खरेलको नेत्रप्रकाश कन्ट्रक्सन प्रा.लि.सँग सरकारले मुअक वापतको ३५ लाख ८१ हजार ७ सय ४० रुपैंया बक्यौता राजश्व असुल गर्न बाँकी रहेको देखिएको छ ।

त्यस्तै लक्ष्मीप्रसाद पौडेलको मेरी गोल्ड फुड्स प्रा.लि.बाट ६० लाख ४७ हजार ६ सय ९५ रुपैयाँर रबि श्रेष्ठको जयमा इन्टरकन्टिनेन्टल प्रा.लि.ले मुअक बापत २६ लाख ७९ हजार मुअक दाखिला गर्न बाँकी रहेको बताइन्छ । टक्सन इन्जिनियर्स प्रा.लि.का कात्र्तिक पौलबाट मुअक बापत सरकारले ३१ लख १९ हजार राजश्व रकम असुल गर्न बाँकी रहेको छ भने चन्द्रकुमार गोल्छाको जोझियाङ जिन्लुन इलेक्ट्रोमेकानिक्स प्रा.लि.बाट ३४ लाख ७७ हजार ७ सय ३ रुपैयाँ मुअक बापतको राजश्व बक्यौता रकम उठाउनु पर्नेछ ।

के भन्छ कर कार्यालय ?
२०७८ पुष २५ गते सार्वजनिक सूचनामार्फत कर कार्यालयले मुअक वापतको बक्यौता राजश्व दाखिला गर्न करदातालाई उर्दी जारी गरेपछि केही रकम दाखिला भएको कर्मचारीश्रोतले बताएको छ । तर कुन कुन करदताले कति रकम जम्मा गरे भन्ने विषयमा भने समाचारश्रोतलेबताउन चाहेन । प्रमुख कर अधिकृत डोलिन्द्र प्रसाद शर्मा कोभिड संक्रमण भएर बिदा बसेका छन । सोही कारण अन्य अधिकृतलाई बक्यौता रकम दाखिलाबारे जानकारी गराउने अधिकार नभएको भन्दै समाचारश्रोतलेसाँघु प्रतिनिधिले सोधेको प्रश्नहरुको उत्तर दिन अस्वीकार गरे ।
-साँघु साप्ताहिक

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१