Jagaran Nepal सोमबार, माघ १७, २०७८

काभ्रे कोसीपारी ५ का सन्तोष गौतम ब्रेन हेमरेज भई हाल वीर अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत गौतमलाई जनप्रगतिशील मञ्च साइप्रसले आर्थिक सहयोग गरेको छ ।

आइतबार वीर अस्पतालमा उपचाररत ३३ वर्षीय गौतमलाई नेकपा माओवादी केन्द्रको भातृ संस्था जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष सुरेन्द्र भुसालले ७१ हजार ६०० रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

माओवादी केन्द्रको भ्रातृ संस्था जनप्रगतिशील मञ्चको कार्यालय कुपण्डोलस्थित कार्यालयमा बिरामी गौतमका दिदी शान्ता चौलागाईंलाई सो रकम अध्यक्ष भुसालले हस्तान्तरण गरेका हुन् ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१