Jagaran Nepal सोमबार, माघ १७, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख सुङ थाओबीच भिडियो वार्ता भएको छ ।

चीनस्थित पत्रकार लक्ष्मी लम्सालका अनुसार प्रचण्ड र सुङबीच नेपाल–चीन सम्बन्ध, वर्ल्ड इकोनोमिक फोरममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको मन्तव्यका विषयमा कुराकानी गरेका थिए ।

सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे पनि प्रचण्डलाई जानकारी गराएका थिए।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१