Jagaran Nepal सोमबार, माघ १७, २०७८

एजेन्सी । अफ्रिकन कप अफ नेसन्समा सेनेगल सेमिफाइनलमा पुगेको छ ।

आइतबार राति भएको क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३-१ ले हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो ।

सेनेगलका तर्फबाट फामारा डिएधिउले, चेइकोउ कोउयटे र इस्माइला सार गोल गरे । इक्वेटोरियल गिनीका लागि जानिक बुएला सामले ५७औं मिनेटमा एक गोल गरेका थिए ।

दुई पटक फाइनल पुगेको सेनेगलले अहिलेसम्म अफ्रिकन कपको उपाधि जित्न सकेको छैन । सन् २०१९ मा भएको पछिल्लो संस्करणमा उपविजेता बनेको सेनेगल यस पटक उपाधि दाबेदारको रुपमा पनि छ ।

सेनेगलले फाइनल प्रवेशका लागि बुर्किना फासोसँग खेल्नेछ ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१