काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज पनि तोलामा ४०० रुपैयाँलेको घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन आइतबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।