Jagaran Nepal सोमबार, माघ १७, २०७८

युट्युबरको माध्यमबाट चर्चामा आएका एक पात्र हुन्, आफूलाई अघोरी बाबा बताउने विजय केसी । उनी युट्युबको ‘गरम मसला’ बनेपछि रातारात भाइरल भए । भाइरल भएपछि उनी ‘रक गायक’ समेत बनेर चिनिन खोजे । आफूलाई अघोरी भन्‍ने केसी मानव जीवनका कामवासना र यौन दर्शनका बारेमा प्रवचन दिन थाले ।

विजय केसी यतिमा मात्र अडिएनन् । युट्युबमा अश्लिल शब्दहरु बोल्न थाले । युट्युबरले हौस्याइ-हौस्याइ प्रश्‍न गर्दा उनले समाजले पचाउनै नसक्ने गरि सर्वाङ शरिरको व्याख्या गरेर बोले । उनको भिडियो यसरी नै भाइरल भइरहेका बेला अचानक उनकी श्रीमती बनेर देखा परिन्, चितवनकी शारदा पाण्डे ।

युट्युबरले दुई जनाको अन्तरंगदेखि, ‘यस्तो ठाउँमा सुत्छन् अघोरी आफ्नी श्रीमतीसँग’ भन्दै ओछ्यानसम्मका भिडियो बनाए । अघोरीलाई जीवनमा साथ दिएको भन्दै चर्चामा आएकी शारदालाई केही दिनमै प्रहरीले प’क्राउ गर्‍यो ।

उनले अमेरिका पठाइदिने भन्दै चितवनकै एक महिलासँग ७५ लाख ठगी गरेको रहस्य खुल्यो । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेकी उनी त्यसपछि कहाँ गइन्, विजयलाई छोडिन् कि साथमा छिन्, कसैलाई थाहा छैन ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१