Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुकी दुर्गादेवी राना मगरले जीवनमा धेरै दु:खकष्ट सहिन्। यौ’वन अवस्थामै श्रीमानको साथ गुमाइन्। श्रीमानले साथ छोडपछिका दैनिकी संघर्षमय बन्यो।

कमजोर आर्थिक अवस्थाका कारण गाँस र बासको लागि आफन्तको शरणमा पुगिन्। हुर्कंदै गरेका छोरा रविन र छोरी रानी दुर्गाका लागि बाँच्ने आधार थिए। दुर्गादेवीले नन्द (रविन र रानीका फुपू)को घरमा बसेर जेनतेनले छोराछोरी हुर्काइन्। दुर्गाको दैनिकी केही सहज भएको लामो समय भएकै छैन।

चार वर्ष अघि रविनले नेपाली सेनामा सेवा सुरु गरे। अंग्रेजी विषयमा स्नाकोत्तर गरेकी छोरी रानीले छिन्चुकै एक निजी विद्यालयमा पढाउन थालिन्। छोराछोरी नै पैसा कमाउन थालेपछी दुर्गादेवी सुखको सास फेर्ने कोसिसमा थिइन्। यसपालिको तिहारकै बेला दुर्गादेवीलाई बज्रपात पर्‍यो।

तिहारको दुई दिन अघि (१८ गते २६ वर्षीय छोरा रविन र तिहारको भोलिपल्ट (२१ गते राति) २९ वर्षीया छोरी रानीलाई गुमाइन्। दुर्गाकी छोरी रानी। भाइ रविनसँगै सडक दु’र्घटनामा परेकी उनको पनि मृ’त्यु भएको छ। तिहारको किनमेलका लागि छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गर्दा उनीहरू सवार स्कुटरलाई ट्रकले ठ’क्कर दियो।

कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुमा चढेर उनीहरू वीरेन्द्रनगर जाँदै थिए। जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले स्कुटरलाई ठ’क्कर दियो। रवीनको घटनास्थलमै मृ’त्यु भयो। ग’म्भीर घा’इते रानीको उपचारको क्रममा आइतबार राति कर्णाली प्रदेश अस्पतालमा मृ’त्यु भयो।

एकैपटक छोराछोरी दुवैजना तिहारकै बेला मृ’त्यु भएपछि दुर्गादेवी अ’चेत छिन्। ‘६ दिनदेखि अ’चेत अवस्थामै हुनुहुन्छ, बोल्न पनि सक्नु हुन्न,’ दुर्गादेवीका आफन्त कुमार पुनले भने, ‘अब त उहाँ (दुर्गादेवी)का आशु पुछिदिने पनि कोही छैन।’

विवाहपछि धेरै समय नबित्दै श्रीमान गुमाएकी दुर्गादेवीलाई छोराछोरी हुर्काउन कम्ती असहज थिएन। जब छोराछोरी आफैँ खोजी खान सक्ने भएका थिए, आफैं कमाउन सक्ने भएका थिए, बुढेसकालमा छोराछोरीले हेर्लान् भन्ने थियो, त्यही बेला एकसाथ दुवै जना छोराछोरीविहीन बनिन् दुर्गा। ‘

बाँच्ने आधार भनेकै दुई छोराछोरी थिए,’ दुर्गाका आफन्त पुनले भने, ‘दु’र्घटनाले उहाँको काख नै रित्तिएको छ। सहारा खो’सिएको छ।’ आफन्तहरुका अनुसार सेनामा कार्यरत रविनको दरबन्दी नवलपरासी हो। तिहारअघि तालिमका सिलसिलामा रुकुम पश्चिम ग’ण पुगेका थिए।

त्यहाँको तालिम सकिएकै थिएन। रुकुमबाट तिहार मनाउन बिदामा घर आएका रविन १८ गते बिहान मात्रै घर पुगेका थिए। रविनले यही दसैँमा भागी विवाह गरेका थिए। आफन्ती बि’तेका कारण उनले श्रीमतीको सिउँदो रंगाउन पाएकै थिएनन्। श्रीमतिलाई छिन्चुमा नै कोठा खोजेर राखेका थिए।

श्रीमतीलाई घर भि’त्र्याउन नपाउँदै रविन सधैंका लागि अ’स्ताए। रविनकी दिदी रानीको भने विवाह भएको थिएन। घटनापछि आफन्तहरू आ’न्दोलित छन्। आफन्तहरू कहिले बजार बन्द गर्न आह्वान गर्छन् त कहिले प्रहरी चौ’की घेर्न पुग्छन्। ‘हिजो दिनभर बजार बन्द भयो, आज वार्ता भइरहेको छ,’

भेरीगंगा–१२ का वडाध्यक्ष हरिप्रसाद कँडेलले भने, ‘वार्ता सफल नभए अनिश्चितकालीन छिन्चुबजार बन्द गराउने आफन्तको तयारी छ।’ वडाध्यक्ष कँडेलका अनुसार मृ’तकका आफन्तले २० लाख रुपैयाँ क्ष’तिपूर्ति पाउनुपर्ने अडान लिएका छन्। ‘दु’र्घटनामा १० लाख रुपैयाँ पाउने त कानुनी प्रावधान छ,’

उनले भने, ‘तर आफन्तले १० लाख रुपैयाँ मागेपछि कुरा मिलेको छैन।’ ट्रक धनी पक्षले भने मृतकलाई ५-५ लाख रुपैयाँ मात्रै क्ष’तिपूर्ति दिने अडान लिएको छ। ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको सुर्खेतका प्रहरी प्रवक्ता रामप्रसाद घर्ती मगरले जनाए। नेपाल समय