Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

काठमाडौ । बलिउड चर्चित अभिनेत्री श्रद्धा कपूर नचिन्ने नेपालीपनि कमै छन् ।

अभिनयले नै उनले आफ्नो परिचय विश्व सामु पुर्याएकी छिन् ।

उनि प्राय आफ्नो लुक्सका कारण चर्चामा आउने गर्दछिन् । आउटलुकलाई एकदम फिट राख्ने उनले नेपाली युवकसँग प्रेम गरेकी छिन् ।

उनका प्रेमी हुन् नेपाली युवक रोहन श्रेष्ठ । यो हल्ला अहिले बलिउडमा छपक्कै छाएकै छ ।

हालै श्रद्धाको बिहेको खबर बाहिर आएको छ । श्रद्धा र उनका प्रेमि रोहन केही वर्षदेखि प्रेम सम्वन्धमा रहेका छन् ।

भारतिय मिडियाका अनुसार उनिहरु अर्को वर्ष बिहे गर्ने तयारीमा रहेका छन् । तर उनिहरुको विवाहको तयारी भने अहिलेबाट नै शुरु भएको छ ।

श्रद्धा कपूर नेपाली मूलका रोहनसँग सम्बन्धमा रहेको बारे अहिले सम्म विभिन्न समाचारहरु आएका छन्।

उनले चलचित्र ‘साहोमा अभिनय गरेपछि उनको चर्चा झनै चुलियो । उनले एकअन्तर्वार्तामा अभिनेत्री बन्नभन्दा पहिले आफूले चोर बजारमा जाने गरेकी बताएकी छिन् ।

आफूले चोर बजार गएर सामान खरिद गर्ने गरेको बताउदै उनले सामाजिक सञ्जालमा खासै महत्त्व नदिने समेत बताएकी छिन् । उनले

को हुन् रोहन श्रेष्ठ
अभिनेत्री श्रद्धासँग जोडिएर चर्चामा छाउने नेपाली मूलका युवा हुन्—बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ । बलिउडका चर्चित सेलिब्रेटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् रोहन ।

‘श्रद्धाले आफ्नो एउटा पुरानो तस्बिर हालै आफ्नो अफिसियल इन्स्ट्राग्राम एकाउन्टमा सेयर गरेकी छिन्,’ ।

‘चाखलाग्दो कुरा के छ भने श्रद्धाको उक्त तस्बिर उनका ब्वाइफ्रेन्ड रोहन श्रेष्ठले खिचेका हुन्, जसलाई श्रद्धाले तस्बिरको क्याप्सनमा एड गरेकी छिन् ।

यति मात्र होइन, सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठले पनि आफ्नो इन्स्ट्रा स्टोरीमा श्रद्धाका तस्बिरहरूको कोलाज सेयर गरेका छन् । यसलेपनि उनीहरु एकसाथ छन् भन्ने बुझिन्छ । उनीहरुले नेपालमा नै विवाह गर्ने तयारी गरेका छन् ।