Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन (सिबिआई) ले घटनाको जाँचको लागि अमेरिकासँग मद्दत मागेको छ।

सिबिआईले सुशान्त सिंह राजपूतको सामाजिक सञ्जालका ‘एकाउन्ट’ बाट मेटाइएको डाटाहरु पुन: प्राप्त गर्न अमेरिकी कम्पनी गुगल र फेसबुकसँग मद्दतको लागि आग्रह गरेको हो ।

सिबिआईले यो मद्दत माग्नुका पछाडि अतीतमा उनको मृत्युसँग जोडिएको केही सुराग मिल्न सक्छ र त्यसले अनुसन्धानमा सहयोग गर्छ भन्नु रहेको अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

सुशान्त सिंह राजपूतको शव १४ जून, २०२० मा मुम्बईको बान्द्रास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो। उनको मृत्युको मुद्दामा उनकी प्रेमिका र अभिनेत्री रिया चक्रवर्तीसहित उनको परिवारमाथि आरोप लागेको थियो। यद्यपी रियाले आफूमाथि लागेको आरोप साँचो नभएको बताएकी छन्।

हिन्दुस्तान टाइम्सका अनुसार सिबिआईले पारस्परिक विधिक सहायता संधि (एमएलएटी) का अनुरुप गुगल र फेसबुकबाट सुशान्त सिंहको मेटाइसकेको च्याट, इमेल या पोस्टको बारेमा जानकारी मागिएको छ।

भारत र अमेरिकाको बिचमा भएको पारस्परिक विधिक सहायता संधि अनुसार दुई देशलाई घरेलू विषयमा जाँच गर्नको लागि एकले अर्को देश सँग सूचना माग्न सक्छन्। भारतमा गृह मन्त्रालय एमएलएटी अनुरुप सूचना प्राप्त गर्न र साझा गर्न सक्छ भने अमेरिकामा अटर्नी जेनरलसँग यो अधिकार रहेको छ।

पहिचान नखुलाउने शर्तमा एक अधिकारीले बताए, ‘हामी मुद्दा पूर्ण रुपमा निस्कर्षमा पुर्‍याउनको लागि केही पनि काम बाँकी छोड्न चाँहदैनौँ, हामी यो मुद्दामा हाम गर्न लाग्न सक्ने डिलिट भएका पोस्ट, च्याटहरु हेर्न चाहन्छौँ।’

यो सूचनाको लागि लामो प्रक्रियाका कारण धेरै समय लाग्न पनि सक्छ। सुशान्त सिंह राजपूतको परिवाकार वकिल विकास सिंहले सिबिआईको यो कदमको सराहना गरेको छ। परिवारले सिबिआईको यो मुद्दालाई व्यापक बनाउन चाहेकोमा अचम्मित भएको प्रतिक्रिया दिएको छ।

परिवारले सिबिआईले सहि बाटो खोज्ने प्रयत्न गरेको गरिरहेको बताएका छन्। सुशान्त सिंह राजपूतको मृत्युपछि उनका पिता के के सिंहले प्रेमिका रिया चक्रवर्ती र उनको परिवारको विरुद्धमा पटनामा मुद्धा दायर गरेका थिए। चक्रवर्तिमाथि सुशान्तलाई देहत्यागको लागि उ’क्साएको आरोप लगाइएको थियो।

पहिला यो मुद्दामा मुम्बई प्रहरीले जाँच गरिरहेको थियो तर सन् २०२० मा सर्वोच्च अदालतको आदेशपछि यो मुद्दामा सिबिआईको सहभागिता रहन सुरु भयो।

प्रवर्तन निर्देशनालय र नार्कोटिक्स कन्ट्रोल व्यूरो पनि यो विषयमा अलग अलग पक्षबाट जाँच गरिरहेका छन्।