Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु विवाह गर्न पाएका छैनन् ।

तर, विश्वमा यस्तो पनि राष्ट्र छ जहाँ युवतीहरु युवक नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन् ।

सिरियामा भएको गृहयुद्धका कारण पुरुषहरुको संख्यामा कमी आएको छ । लाखौ युवाहरुले देश छाडिसकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।

युवाहरुको कमी भएपछि युवतीहरु विवाहित पुरुषको कान्छी, माइली वा साइली दुलही सम्म बन्न तयार रहेका छन् । सिरियामा रहेका पुरुषहरुको जतिवटी श्रीमति भएपनि युवतीहरु विवाह गर्न राजी हुने गरेका छन् ।

सन् २०१० को तुलनामा सन् २०१५ मा बहुविवाहको आकडा ह्वात्तै बढेको थियाे । देशमा पुरुषहरुको संख्या महिलाको भन्दा थोरै रहेको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै रहेका छन् ।

धार्मिक हिसाबले बहुविवाह एक हल हुनसक्ने भएपनि महिलाहरुको संख्या उच्च भएपछि सजिलै समस्या हल नहुने बताइएको छ । समाजिक सुरक्षाका लागि भनेपनि विवाह गर्न नचहाने महिलाहरु पनि विवाहका गर्न हतारिएको बताइएको छ ।