Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

दीपेन्द्रले देवयानीलाई रोजेपछि दरबारमा मनमुटाव शुरु भएको थियो । रानी ऐश्वर्य र युवराज दीपेन्द्रबीच विवाहकै विषयमा बोलचाल समेत बन्द हुने गरी झगडा हुने गर्दथ्यो । विवाहको विषयमा ऐश्वर्या र दीपेन्द्रबीच मात्रै होइन ऐश्वर्य र रत्नबीच पनि विवाद थियो।

पूर्व सैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ’मैले देखेको दरवार’मा उल्लेख भए अनुसार यस विषयमा राजा वीरेन्द्र मौन बसेका थिए । तर बडामहारानी रत्न, श्रुति, निराजन लगायतको धारणा फरक फरक थियो ।

रानी ऐश्वर्य जुद्ध शमसेरका परिवार हुन् भने देवयानी चन्द्र शमसेर खलककी । रानी ऐश्वर्यले यसैकारण देवयानीलाई चाहेकी थिइनन् । यतिमात्रै होइन छानविन प्रतिवेदनमा उल्लेख भए अनुसार दीपेन्द्रलाई देवयानीबाट छुटाउन अनेकन प्रयास पनि भएका थिए । रानी ऐश्वर्यले देवयानीलाई ‘सी क्लास’ भन्दै विवाह हुन नसक्ने बताएकी थिइन् ।

देवयानी आधा भारतीय नागरिक भएकाले पनि ऐश्वर्यले चाहेकी थिइनन् किनकी दरवारमा तीन पुस्तादेखि भारतीय राजघरानासँग विवाह गरिएको थिएन ।रानी ऐश्वयै गरिमा राणालाई बुहारी बनाउन चाहन्थिन् ।

एसएलसी टपर गरिमा श्रुतीका श्रीमान गोरखशम्शेर राणाका काका लोकभक्त राणाकी छोरी थिइन्। श्रुति पनि गरिमालाई नै भाउजु बनाउन चाहन्थिन् । डिस्कभरी च्यानलमा प्रसारण भएको ‘जिरो आवरः अ रोयल म्यासेकर – नेपाल’ डकुमेन्ट्रीमा श्रुतिका श्रीमान गोरखले दिएको अन्तर्वार्तामा उल्लेख भए अनुसार यसै विषयमा वि’वाद हुँदा दीपेन्द्रले श्रुतीलाई झा’पड समेत हा’नेका थिए ।

बहिनी श्रुति मात्रै होइन भाइ निराजनसमेत आमा ऐश्वर्यको लाइनमा थिए । हजुरआमा रत्न भने सुप्रिया शाहको पक्षमा थिइन् । बुढानिलकण्ठ स्कुलमा पढ्दा दीपेन्द्र पनि सुप्रियालाई मन पराउँथे । तर देवयानीसँगको स’म्वन्ध अघि दीपेन्द्रले सुप्रियालाई मनाएका थिए । सुप्रिया रत्नकी दिदीकी नातिनी थिइन् । स्वयं दीपेन्द्र पनि एसएसलसी पास गर्ने समयसम्म सुप्रियासँग विवाह गर्न चाहन्थे । सुप्रियालाई रानी ऐश्वर्यले भने मन पराउँदिन थिइन ।