Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २२ वर्षीया सरिता (परिवर्तित नाम)को सानो परिवार छ। वुवा, आमा, तीन दिदी बहिनी र एक भाइ छन्। सरिता परिवारमा जेठी हुन्। घरका मुखिया वुवाले खाजा पसल चलाएर जसो तसो परिवारको गुजारा चलाउँछन्। पारिवारिक जीवन राम्रै चलेको थियो। सबै खुशी थिए।

सरिताको विवाह भयो। जुन विवाहले उनको जीवन नै ‘यू–टर्न’ मा मोडियो। परिवारसगँ छँदा आमाको काखमा रमाएर हुर्किएकी उनी विवाहको केही समयपछि कहिल्यै मुस्कुराउन सकिनन्। सात जन्म साथ निभाउने कसम खाएका आफ्नैले परदेशमा लगेर उनको शरीर घण्टाका दरले बेच्ने हर प्रयास गरे।

यौ’ ‘न ध’न्दाको बजारमा उत्रिन नमानेपछि अमानवीय क्रुरताको सबै पी’डा भोग्नु पर्‍यो उनले। सिमित केही हजार रुपैयाँका लागि मात्र उनको शरीर ‘नि’चोड्न’ परपुरष सामुसम्म उनलाई उभाइयो। परदेशमा लगेर उनको श’रीर ‘नि’चोड्न’ का लागि ग्राहकसम्म पुर्‍याउने अरु कोही नभई उनकै श्रीमान ३२ वर्षीय दुर्गाप्रसाद घिमिरे थिए।

२०७४ साल बैशाखमा सरिता र अर्घाखाँची पढेनीका दुर्गाको विवाह भएको थियो। सानी आमाले घरमा विवाहको प्रस्ताव ल्याएकी थिइन्। परिवार विवाह गराउने पक्षमा थिएन। तर, सानीमा लगायतको जोडबलमा विवाह भएको सरिता बताउँछिन्।

कक्षा ११ मा पढ्दै विवाह भएकोले एक वर्ष माइतमै बसेर उनले कक्षा १२ को अध्यापन सकाइन्। पढाई सकाएर घर अर्घाखाँची गइन्। श्रीमान वैदेशिक रोजगारका लागि कतारमा बस्ने गरेको विवाह अघि सुनेकी उनले पछि भारतमा केही काम गर्ने गरेको थाहा पाइन्।

श्रीमानले सँगै भारत जान दवाव दिन थाले। उनको जाने इच्छा थिएन। श्रीमान श्रीमती सँगै काम गरे भविष्यका लागि रकम जोहो गर्न सक्ने लगायतका कुरा गरेपछि उनी राजी भइन्। दुवै जना भारतको दिल्ली गए। विवाह अघि कुरा चल्दा ‘केटा’ को चालचलन, व्य’वहार सबै राम्रो रहेको भन्ने सुनेकी उनले दिल्ली पुगेपछि श्रीमानको ‘असली अवतार’ देखिन्।

‘दिल्ली पुगेपछि कोठामा ल्यापटप, अनेकन सिमकार्ड, मोबाइलहरू देखेपछि पहिलो दिन नै म अचम्ममा परें’, सरिताले अन्नपूर्णसँग भनिन्, ‘विस्तारै श्रीमानको काम बारे थाहा पाएपछि म डराएँ र घर फर्किन चाहँे।’ दुर्गाले दिल्लीमा ‘से’क्स’ र्‍या’के’ट’ को ध’न्दा चलाउने गरेको उनले थाहा पाएकी थिइन्। उनका अनुसार श्रीमान दुर्गाले मोबाइलमा समाजिक सञ्जाल ‘ह्वाट्स एप’ को ग्रुप बनाएका थिए। जसमा व्यक्तिहरू (ग्राहक) सँग जोडिएका थिए। ग्राहकले ‘स’र्भि’स चा’हियो’ भनेको अवस्थामा उनले अनेकन युवती न’ग्न हुनुका साथै विभिन्न किसिमका तस्विर पठाउने र ‘डिमाण्ड’ अनुसारको ‘क’ल ग’र्ल’ लाई ग्राहक समक्ष पठाउँथे। जसको रकम उनले अनलाइन बैकिङ मार्फत लिन्थे। यसरी दिनमा हजारौँ रुपैयाँ कमाउँथे।

उनले डरलाग्दो व्यापार देखेपछि घर छाडिदिन आग्रह गरिन्। तर श्रीमानले मानेनन्। उनले बुवालाई जानकारी गराए त’नाव लिनुहुन्छ भनेर अवस्थाबारे आफन्तलाई जानकारी गराइन्। आफन्तले उक्त विषयलाई लिएर प्रहरी चौकीमा गएको श्रीमानले थाहा पाएपछि सरितालाई अर्घाखाँची घर लिएर आए। त्यसपछि आफुमाथी क्रु’रता सुरु भएको उनी सम्झिन्छन्। त्यती बेलासम्म उनको एउटा छोरी समेत भइसकेको थियो।

‘घर पुगेपछि परिवारका सबैले या’तना दिन सुरु गरे, जुन भनि साध्य छैन’ उनले भनिन्, ‘सबैले दिल्लीबाट किन आएको ? फेरी दिल्ली जा, जस्ता कुरा गरेर द’वाव दिन थाले। तर, फेरी म जान चाहेको थिइन। बुवा आमालाई भनौ भने उहाँहरूलाई त’नाव हुन्छ भनेर सबै सहेर बसेको थिएँ।’