Jagaran Nepal सोमबार, कार्तिक १५, २०७८

एजेन्सी । फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेले विवाह गर्ने भएकी छन् । उनी दिवंगत अभिनेता शुसान्तसिंह राजपुतको पूर्व प्रेमीका हुन् । अंकिता र विक्की जैनको विवाहको मिति नजिकिएको छ । यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन् ।

तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन् । अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ । अंकिताले अभिनेता सुशान्तसिंह राजपूतको निधन पछि सुशान्तको परिवारलाई निकै सहयोग गरिरहेकी थिइन् ।

अंकिताका लागि सन् २०२० निकै उतारचढावपूर्ण रह्यो । उनका पूर्व प्रेमी सुशान्तसिंह राजपूतको जून १३ मा रहस्यमय किसिमले मृत्यु भएपछि उनी थप चर्चामा आएकी थिइन् ।

सुशान्तको निधनपछि उनी शोकमा थिइन् । अंकिता र सुशान्त करिब सात वर्षसम्म लिभ–इन–रिलेसनमा थिए । उनीहरु सन् २०१६ मा अलग्गिएका थिए ।

विक्की पेशाले व्यापारी हुन् । उनीसँग अंकिताको बोण्डिङ निकै मिलेको छ । उनीहरु सामाजिक सञ्जालमा आफ्नो रोमान्टिक क्षणलाई शेयर गरिरहन्छन् ।