Jagaran Nepal सोमबार, कार्तिक १५, २०७८

डा. सबिना सिं’खडा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहेकी छन् ।बारदान फर्टि’लिटी सेन्टर काडमाण्डौंकी संचालिका समेत रहेकी डा. सिं’खडासंग महि’लाका समस्या र बाँझोप’नको बारेमा धेरै अनुभव छ ।

बिशेषत बाँ’झोपन भएका वा भनौ सन्तान नभएका’हरुको उपचारमा उनी रातदिन खटिएकी छन् । यौन र प्रजनन एक अर्कामा परि’पुरक भएकाले कुनै पनि परिवार नियाजनको साधन प्रयोग नगरी एक बर्ष सम्म यदी कुनै दम्पतीको बच्चा हुँदैन भने त्यो बाँझोपन हुने उनको धारणा छ ।

बाँझोपन वा निसन्तानपन भयो भन्दैमा आत्ति’न हुँदैन र यसको उपचार संभव भएको समेत उनले बताईन् ।महिनावा’रीको समयमा हुने यौनसम्पर्कलाई धेरैले जिज्ञासाको रुपमा लिने भएकाले उक्त समयमा सकभर यौनकार्य नगर्न पनि उनले सुझाब दिएकी छन्।-( उहाँसंग गरिएको कुराकानी ।

विहे नै नगरीक बच्चा जन्माउन चाहन्छु : नायिका नम्रता सापकोटा- भिडियो बन्यो भाइरल
नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् । कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् ।त्यस्तै अहिले नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चा जन्माउने सार्वजनिक घोषणा गरेपछी एका एक चर्चामा आएकी छिन ।

अभिनेत्री नम्रता सापकोटाले विहे नगरीकनै बच्चा जन्माउने आफ्नो चाहना भएको बताएकी हुन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् । उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’ विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् । सामाजिक संजालमा उनले आफूले भनेको कुराको भिडिओलाई पनि पोस्ट गरेकी छिन् ।