Jagaran Nepal सोमबार, कार्तिक १५, २०७८

राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन्

बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ । वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।

राष्ट्रिय वाणिज्य बैङ्क, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैङ्क हो। यसको स्थापना रा.वा.बैङ्क ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते तदअनुसार जनवरी २३, १९६६ मा भएको हो । यस बैङ्कले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैङ्किङ्ग सेवा पुर्‍याउँदै आएको छ।

राष्ट्रिय वाणिज्य बैङ्कसँग देशभर २६०० कर्मचारी सहित देशभरमा १६० वटा शाखाको विस्तृत कार्यजालो रहेको छ। यस बैङ्क सँग १७ लाख सन्तुष्ट ग्राहक रहेको छ जुन नेपालको कुनै पनि बैङ्कको लागि बढी रहेको छ । बैङ्कले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ ।