Jagaran Nepal सोमबार, कार्तिक १५, २०७८

टिकटकमा निकै रुचाइएको जोडी सुरज अधिकारी र सीमा अधिकारीसँग हामीले आज कुराकानी गरेका छौं ।विराटनगरको पोखरियामा बस्दै आएको यस जोडीको एउटा सानो छोरो छ र आमाबुबा हुनुहुन्छ ।पेसाले सुरज शिक्षक हुन् र यो जोडीले टिकटकमा दर्शाउदै आएको प्रस्तुतिलाई सबैले रुचाउँदै आएका छन् ।

कुराकानीमा उनीहरूको नाम सुन्दा धेरैले दाजु बहिनीको जस्तो मिलेको नाम भनेर जिस्काउने गरेको बताए ।सिमालाई टिकटकमा धेरैले निकै राम्री भन्ने गर्दा साँच्चैमा आफू राम्री नभएको उनले बताइन् ।तर सुरजले भने आफू भन्दा सीमा निकै राम्री भएको बताए ।

टिकटक बनाउन सुरुसुरुमा निकै लाज लाग्ने गरेको तर पछिपछि सजिलो भएको सिमाले बताइन् ।सुरजले भने सानै देखि साथीहरूलाई हसाउने र नाटकहरुमा पनि सहभागी भएर काम गरेको हुँदा आफुलाई अफ्ट्यारो नभएको उनले बताए ।

उनीहरूको माया प्रेम निकै गाढा रहेको र टिकटकले गर्दा अहिले झन एकाअर्कालाई बुझ्न पाएको हुँदा निकै खुशी देखिएका छन् ।दर्शकले देखाएको मायाले थप उर्जा मिल्ने गरेको भन्दै सबैलाई धन्यवाद पनि दिएका छन् ।

भिडियो हेर्नुस