Jagaran Nepal सोमबार, कार्तिक १५, २०७८

पाकिस्तानमा एक विमान’भित्र जोडीको रोमान्स र चुम्बनले निकै विवाद पैदा भएको छ । यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि घटित भएको हो ।

ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्ष’दर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका छन् ।

यी यात्रीले यसबारे विमान’का क्याबिन क्रुलाई जानकारी दिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनी’हरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।

ट्रिब्यूनको रिपोर्ट अनुसार जब यो मामिलामा केही यात्रीले यो जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन भने तब उनीहरुले ‘हामीलाई यस्तो भन्ने तिमीहरु को हौ ?’ भनेर सोधे । यो विमान’मा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए ।

उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडी’विरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ ।