Jagaran Nepal शनिबार, कार्तिक १३, २०७८

काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान आफ्नो घर मन्नत पुगेका छन् । करिब १ महिनापछि जे’लबाट छुटेका उनलाई एक क्रुज ड्र,’ग पार्टीबाट गिरफ्तार गरिएको थियो ।

आर्यन रिहा हुने समयमा जेलबाहिर मिडियाको बीड लागेको थियो र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका थिए । आर्यनलाई जे’लबाट निस्कनासाथ तत्काल गाडीमा हालिएको थियो र गाडी अगाडि बढेको थियो ।यो केसमा आर्यन खानसँगै गिरफ्तार गरिएका अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि जमानतमा रि’हा गरिएको छ ।

हाइकोर्टले उनीहरुलाई शर्तसहित जमानतमा रिहा गरेको हो । यदि उनीहरुले जेलबाहिर रहँदा यी शर्तहरु उल्लंघन गरेमा उनीहरुको जमानत रद्द हुनेछ र उनीहरुलाई फेरि जे’लमा हालिनेछ । अदालतले जमानतको लागि १४ शर्त राखेको छ जसको उल्लंघन भएमा जमानत र’द्द हुनेछ ।

अदालतले उनीहरुलाई १ लाख रुपैयाँ मुचुल्का भर्नुको साथै यस किसिमका अन्य कुनै पनि मामिलाबाट बच्न निर्देशन दिएको छ । यसका अलावा अभियुक्तहरुले आफ्नो पासपोर्ट विशेष अदालतमा बुझाउनुपर्नेछ । हरेक अ’भियुक्तले एक लाख रुपैयाँ मुचुल्का भर्नुपर्नेछ ।
अभियुक्तहरुले यो कुराका ख्याल गर्नुपर्नेछ कि यस किसिमको कुनै पनि मामिलामा फेरि सहभागी नहोउन् ।अभियुक्तले कुनै पनि सहअभियुक्तसँग सम्पर्क गर्ने छैनन् र यो केसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सामेल कुनै पनि व्यक्तिसँग कुनै पनि तरिकाले सम्पर्क गर्ने कोसिस गर्ने छैनन् ।

यो केस जबसम्म एनडीपीएसको विशेष अदालतमा रहन्छ तबसम्म अभियुक्तहरुले यो केसमा असर पर्ने कुनै काम गर्ने छैनन् । अभियुक्तले सिधै वा कसैको माध्यमबाट गवाह र सबुत प्रभावित पार्ने कार्य गर्ने छैनन् ।अभियुक्तहरुले यो केसका विषयमा टेलिभिजन, प्रिन्ट, सोसल मिडिया जस्ता कुनै पनि मिडियामा कुनै टिप्पणी गर्न पाउने छैनन् ।

एनडीपीएसका विशेष न्यायाधीशको अनुमति बिना अभियुक्तहरु देशबाहिर जान पाउने छैनन् । मुम्बइबाहिर जानको लागि अभियुक्तहरुले जाँच अधिकारीलाई सूचित गर्नुपर्नेछ र अधिकारीलाई आवश्यक जानकारी उपलब्ध गराउनु पर्नेछ ।अभियुक्तहरुले हरेक शुक्रबार ११ बजेदेखि दिउँसो २ बजेको बीचमा एनसीबी कार्यालयमा गएको आफ्नो उपस्थिति दर्ता गराउनु पर्नेछ ।

कुनै जरुरी कारण नहुँदासम्म अदालतको हरेक सुनुवाइमा अभियुक्तहरु उपस्थित हुनुपर्नेछ । एक पटक केसको ट्रायल सुरु भएपछि अभियुक्त कुनै पनि किसिमले ट्रायलमा ढिलाइको कारण बन्ने छैनन् । जाँचका लागि एजसीबीले जहिले बोलाउँदा पनि उपस्थित हुनुपर्नेछ । यी शर्तको उल्लंघन भएमा जमानत रद्द हुनेछ ।