Jagaran Nepal शनिबार, कार्तिक १३, २०७८

काठमाडौं – फलफूलको तुलनामा मेवालाई निकै स्वस्थ फल मानिन्छ। हाम्रो शरिरको लागि फाइदाजनक मानिने मेवा बजार र गाउँघरमा सहजै फलाउन सकिन्छ ।

मेवालाई भिटामीन ‘ए’ र ‘सी’ को खानी भएको अद्भूत फल पनि भन्ने गरिन्छ । मेवाको सेवनले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउछ। मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ, तर केही समस्या भएका मानिसहरुले मेवाको सेवन नगर्नु राम्रो हुन्छ ।

यस्ता व्यक्तिले खानहुँदैन मेवा एलर्जीको सम्भावना – यदि केरोटेनेमिया नामक रोग भएका व्यक्तिले मेवा खानुहुँदैन । यस्तो समस्या भएका मानिसहरुले मेवाको सेवन गरेमा छालामो समस्या ल्याउन सक्छ ।

गर्भवती महिला – मेवा गर्भवती महिलाले खान हुँदैन । गर्भवती महिलाले मेवाको सेवन गरेमा विभिन्न समस्याहरु देखा पर्छन । गर्भावस्थामा मेवा सेवन गरेमा गर्भपातको समस्या हुन सक्छ ।घाँटीको समस्या – घाँटीको समस्या भएका व्यक्तिले पनि मेवा खान हुँदैन ।

उच्च रक्तचाप भएकाले खान नहुँने – उच्च रक्तचापको औषधी खाने मानिसहरुले मेवाको सेवन गर्न हुँदैन ।न्युन रक्तचाप भएका व्यक्तिले पनि मेवा सेवन गर्नुहुँदैन ।पेटको समस्या भएमा – यदि पेटको समस्या छ भने पनि मेवा खान हुँदैन । यस्तो बेलामा मेवा खाएमा झन समस्या निम्त्याउछ ।

स्तनपान गराउने महिला – सुत्केरी महिलाहरुले पनि मेवा खान हुँदैन । स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्नु नै राम्रो हुन्छ । मेवामा पपाइन नामक विषाक्त जसले स साना बच्चाका लागि हानीकारक मानिन्छ । मिर्गौलाको पथ्थरी – यसमा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ ।

भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी समस्या देखिन सक्छ । मुटु सम्बन्धि समस्या – मुटुको समस्या भएका र रगत पातलो हुने व्यक्तिले मेवा नखानु नै राम्रो हुन्छ ।