Jagaran Nepal शनिबार, कार्तिक १३, २०७८

कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुदाँ युवायुवतिकाे निधन भएकाे छ । घान्द्रुक दुर्घटनामा ज्यान गुमाउने कास्कीको घान्द्रुकमा भएको जिप दुर्घटनामा एकै घरका दिदीभाइ पनि परेका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने २० वर्षीया देबिका घिसिङ भिरमा अल्झेर सामान्य घाइते भएकी छन् ।तर, सोही दुर्घटनामा उनका भाइ जिनलव घिसिङको भने घटनास्थलमै ज्यान गयो । ‘लो पिकअप’मा गएको उक्त ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा बाटो छिचोल्न नसक्दा दुर्घटना भएको हो ।

स्थानीयका अनुसार गाडीले पिकअप लिन नसकेपछि करिब २०० मिटर तलको दुरीमा रहेको घुम्तीमा खसेको थियो । गाडीबाट खसेर भिरमा अड्किएकी देबिकाको उद्धार भएको छ । तर, जिपमा सवार देबिकाका भाइ जिनलव र चालक खुसीमान क्षेत्रीसहित ८ जनाले घटनास्थलमा ज्यान गुमाए ।

दुर्घटनामा मृत्यु हुनेहरूमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् । यसैगरी काठमाडौंबाट घुम्न गएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी,

२२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको शव अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।बीएससी नर्सिङको चौथो वर्षको परीक्षा सकाएकी सुजा चौधरी दसैँ बिदामा पोखरासहितका ठाउँ घुम्ने योजना बनाइन् ।

काठमाडौंको गोंगबु बस्ने २४ वर्षीय चौधरीको भ्रमण टोलीमा उनकै २० वर्षे बहिनी लिजा चौधरी, सोही ठाउँ बस्ने १८ वर्षीय जिनलव घिसिङ र उनकी दिदी २० वर्षीय देविका घिसिङ मिसिइन् । नजिकका चारजना भाइबहिनीका टोलीलाई परिवारले घुमघामको अनुमति दियो, मंगलबार घर फर्कने समय दिएर ।

परिवारले दिएको त्यो मंगलबार आइपुग्न पृथ्वीले आफ्नो अक्षमा २३ घण्टा ५६ मिनेटको परिभ्रमण गर्न बाँकी नै थियो । त्योभन्दा अगावै सोमबार दिउँसो एउटा खबर आयो, ‘घान्दु्रकको कलाभीरमा जिप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु ।’यो एउटा समाचारमात्र थिएन, घिसिङ परिवार र चौधरी परिवारमाथि एउटा ब’ज्रपात पनि थियो ।

एउटा आमाको मुटु चिस्याउने समाचार थियो, एउटा बाबुको सपनामाथिको भूकम्प थियो ।आखिर समाचार सत्य थियो । चौधरी दिदीबहिनी दुर्घटनास्थलमै ज्यान गुमाए । १८ वर्षीय लिजवन घिसिङले पनि घटनास्थलमै प्राण त्यागे । देविका घिसिङ भने भिरमा अड्किएर बाँच्न सफल भइन् ।

चौधरी दिदीबहिनीका आमा र लिजनवका पितालाई मात्र आफ्ना छोराछोरी गुमाएको थाहा छ । तर, भिरमा अड्केर बाँचेकी देविकालाई आफूले भाइ र साथी गुमाएको (सोमबार साँझ) सम्म थाहा छैन । छोरा गुमाएका बाबुलाई छोरीलाई सान्त्वना दिनुपर्ने अर्को जिम्मेवार पनि थपिएको छ ।

आफ्ना छोराछोरी घान्दु्रक गएको दुवैका परिवारलाई थाहा थियो । त्यसैले त दिउँसोको दु’र्घटनाको समाचार आउनासाथ उनीहरू हेलिकप्टर लिएर पोखरा हान्निए ।त्यतिखेरसम्म मृ’तकको पहिचान खुलिसकेको थिएन । आफ्ना छोराछोरीसँग सम्पर्क नभएपछि उनीहरू झनै आ’त्तिए ।

पोखरा आइपुग्दा मृतकको पहिचान खुलिसकेको थियो । उनीहरूलाई घाइतेको उपचार भइरहेको भनेर जानकारी दिइयो ।पोखरा विमानस्थलबाट सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइपुग्दा घान्दु्रकबाट एउटा एम्बुलेन्स र एउटा जिपमा चार–चारवटाका दरले ८ वटा शव भर्खरै झारिएको थियो ।

इमर्जेन्सीमा लस्करै राखिएका ती शव उनका परिवारलाई हेर्न दिइएन, मात्र उपचार चल्दैछ भनेर सान्त्वना दिइयो । तर, शव ल्याइएको जिपमा रगतका छिटा देखेर जिनलवका पिता गोपाल घिसिङको आँशु थामिएन । भगवान पुकार्दै उनी रुँदै थिए– मेरो राजा…।

दुवै छोरीलाई अस्पतालबाट सँगै काठमाडौं लैजान भनेर आएकी पार्वती चौधरी दिदीबहिनीका आमा आफ्नो प्राण दिएर भएपनि छोरी बचाउने भन्दै थिइन् । तर, नहुने भइसकेको थियो । भित्र लस्करै राखिएका ८ वटा शवमध्ये एउटा घिसिङको थियो, दुइवटा चौधरी दिदीबहिनीको ।

‘असत्य होस्’ भन्दाभन्दै पनि सत्य थाहा पाउनु नै थियो । चौधरी दिदीबहिनीका आफन्तले इमर्जेन्सी वार्डको गेटबाट चिहाएर हेरे, त्यसपछि रुँदै चि’च्याउँदै फर्के । छोरीलाई मागिरहेकी पार्वती अचानक अचेत बनिन् ।जब होसमा आइन्, अनि भगवान पु’कार्न थालिन् ।

निर्जीव भगवानसँग, निर्जीव छोरीहरूलाई सजीव बनाउन भाकल गरिन्, तर,…।मैले हाँसीहाँसी जन्माएँ मेरै दुइवटै रानीलाई । त्यतिबेला मेरो कोख दुखेन । आज मेरो कोख दुखेको छ । मेरा छोरी मलाई देऊ, म सम्हाल्छु उनीहरूलाई । मैले कहाँ गल्ती गरेछु ।

म कस्ती आमा हुँ, मैले किन जान दिएँ हुँला ?मेरा दुईवटा छोरीहरू छन, उनीहरू डाक्टर हुन् । म बिरामी हुँदा उपचार गर्छु भन्थे । आमा हजुरलाई क्या’न्सर भएको छैन भनेर मलाई बचाउने तिमीहरू आज कहाँ गयौ ?मलाई तिमीहरूले नै दिल्लीबाट उपचार गरेर ल्याएका हौ, मेरा रानीहरू ।

मलाई सत्य कुरा गर, मेरा रानीहरू खै ? मेरो भगवान । आज म भगवानसँग हात जोड्छु । मेरो दुईवटा हातमा आऊ । मेरो दुनिया मलाई देखाइदेऊ ।मेरी एउटी छोरी हिम्मतवाली छ, एउटीको मुटु कमजोर छ । मैले किन पठाएँ ? म प्राण दिन्छु, फर्केर आऊ ।तर, छोरीहरू फर्केर आउनेवाला थिएनन् ।

इमर्जेन्सी वार्डको पछिल्लो गेटबाट पत्तै नपाउनेगरी शवहरू पोस्टमार्टम वार्डमा लगियो । यता परिवार भगवान पुकार्दै थिए, उता छोराछोरीको शवको अन्त्येष्टिको तयारी हुँदै थियो । चौधरी दिदीबहिनी र घिसिङबाहे घान्दु्रक दुर्घटनामा २० वर्षीय सुशन चौधरी,

२२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले र गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक ४२ वर्षका खुसीमान क्षेत्रीले पनि यही दुर्घटनामा ज्यान गुमाउन पुगे । क्षमताभन्दा बढी यात्रु पनि थिएनन्, अनुभवी चालक थिए, तर दुर्घटना कसरी भयो त ?

घान्द्रुकका एक स्थानीय अमृत गुरुङ भन्छन, “असोज १ गतेदेखि हो, घान्द्रुक खुलेको । चाडपर्वको समय पनि भएको हुनाले अहिले बाटो मर्मतको काम पनि चलिरहेको छ । दुर्घटना भएको ठाउँलाई घान्द्रुकको कलाभीर भनेर चिनिन्छ । त्यहाँ अहिले आइतबारदेखि सोलिङको काम भइरहेको छ ।”