Jagaran Nepal शुक्रबार, कार्तिक १२, २०७८

सुर्खेत – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका ब’ला’त्कृ’त भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका-१ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा ब’ला’त्कृ’त भएकी हुन् ।

बालिकाको अवस्था ग’म्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अ’चेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए ।

बालिका अ’चेत अवस्थामा फेला परेको र अ’त्य’धि’क र’क्तस्रा’व भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । नगर अस्पतालमा उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट कर णी भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए ।

१४ वर्षीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले कर णी गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठा’डो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।