Jagaran Nepal शुक्रबार, कार्तिक १२, २०७८

न्युयोर्क – यसै साता प्रेमीसँग बैबाहिक ब’न्धनमा गाँ’सिएकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन् ।

विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो । ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।

उनीहरु बस्ने अर्पाटमेन्टको मा’सिक भाडा खुलाइएको छैन् । तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ ।

राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि दरबाट पैसा नलिने माको जापानकै रजापरिवारको इतिहासमा पहिलो महिला हुन् । सर्वसाधरणसँग विवाह गरेकी उनले सामान्य जीवन विताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउदै आएका छन् ।

माकोले अमेरिकामा नै काम खोज्ने बताउँदै आएकी छिन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आबद्ध थिइन् ।