Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

आजकलको व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन। त्यसैले उनीहरू जंक फूडमा झुम्मिन्छन्। यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन्।

यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ। बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला भित्र घुस्छ अनि चाउरी पर्छ।

आजकल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन्। यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौली आइलाग्छ। त्यसबाट बच्नुभयो भने जवान भइरहिन्छ।

धेर पानी पिउँदा

धेर पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन्। तर धेर पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र उनीहरूले धेर काम गर्नुपर्छ । पछि गएर उनीहरूको काम गर्ने क्षमता नै गुम्दै जान्छ।

राति उठ्ने

आजकलका मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन्। राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिट्टो बिरामी हुन्छन्।

प्रकृतिले नै हाम्रो शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ।

राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ।

मसलायुक्त खानेकुरा

धेर मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन्।

त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ। शरीरको ऊर्जा धेर खर्च भएर छिट्टै बुढ्यौली आउँछ।

शारीरिक निष्क्रियता

आजकलका मानिस शारीरिक मेहनत कम गर्छन्। पसिना बगाउनै चाहँदैनन् उनीहरू। यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ।

मलत्यागमा अनियमितता

केही मानिसहरू पिसाब वा दिसा रोकिबस्छन्। यसो गर्दा मिर्गौला र आन्द्रामा दबाब पर्छ। यो बानी पछि गएर गम्भीर रोगमा परिणत हुन्छ।

डिप्रेसन, धेरै नूनको सेवन र नशाका कारण पनि छिट्टै बुढ्यौली आउँछ। तपाईं सधैं जवान रहन चाहनुहुन्छ भने माथि बताइएका कुरामा विचार पु-याउनुस्। नया पुस्ता बाट