Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

काठमाडौं । गएको असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलटलाई ‘दो’षी’ देखाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै पाइलटलाई दोषी ठ’हर गरेको हो ।पाइलट एजी शेर्पाले त्यो बेलामा चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले पाइलटलाई तीन महिना निलम्बन गर्न सिफारिस गरेको छ ।छानबिन समितिको उक्त प्रतिवेदन कार्यान्वयनका लागि नागरिक उड्डयन प्राधिकरणले आफ्नो सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको छ ।

यो पनि पढ्नुहोस – सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठक संघीय संसदको चालु नवौँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । त्यस्तै सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतमा नेपाली राजदूत पठाउन संसदीय सुनुवाइ समितिमा नामहरु सिफारिस गरेको हो ।

यी देशबाट हालै सरकारले राजदूत फिर्ता बोलाएको थियो ।स्वास्थ्य मन्त्री विरोध खतिवडाले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको हो ।

शर्मा पूर्वराजदूत हुन् । खत्री कूटनीतिक मामिलाका विज्ञ हुने भने आचार्य पूर्वपरराष्ट्र सचिव हुन् ।प्रधानमन्त्री देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा महत्वपूर्ण तीन देशका लागि राजदूत नियुक्तिको सिफारिस भएका हुन्। देउवा सरकारले यसअघि राजनीतिक नियुक्ति पाएर गएका सबै राजदूतलाई फिर्ता बोलाएको थियो ।