Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

अमेरिकामा डे’मोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौ’न दु’र्व्यवहार गरेको खुलासा गरेकी छिन् ।

हिलारीकी सहयोगी हुमा अ’बेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौ’न दु’व्र्यबहार गरेको बताएकी हुन् ।सोफामा आफूसँग टाँ’सिएर सिनेटरले चु’म्बन गर्न खोजेको र आफू घरबाट भागेको हुमाले आरोप लगाएकी छिन् ।

आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदैछ ।चिया खाने क्रममा सिनेटरले गरेको दु’र्व्यवहारलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ त’न्किएर मेरो काँधमाथि वायाँ हात राख्यो र चु’म्बन गर्‍यो र मेरो मुखभित्र जि’ब्रो राखेर यौ’न दु’र्व्यवहार गर्‍यो ।

हुमा हिलारीकी नजिकको विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नो दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे बर्णन गर्दा आफूमाथि यौ’न दु’र्व्यवहार भएको उनले उल्लेख गरेकी छिन् ।४५ वर्षीया हुमाले दु’व्र्यबहार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आ’बद्धताबारे केही खुलाएकी छैनन् ।

वासिंगटनमा आ’योजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छिन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए ।