Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

काठमाडौ । एकै छिन जोगिन एक महिलाले गरेको बठ्याइले ७३ लाख भन्दा बढी जरिवाना तिरेर जेल पनि जानुपर्ने भएको छ । आफ्नो खातामा पैसा छैन भन्ने थाहा हुँदाहुँदै केही बेरलाई झुक्याउन चेक का टेर दिएकी महिला जेल जानुपर्ने भएको हो ।

उनलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका(५ वसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कै द र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा खातुन सम्पर्क विहिन भएकी थिइन् । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१० चुन्नीखेलबाट पक्राउ गरेको हो ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुक्याउन नविल बैंक लिमिटेडको चेक दिएकी थिइन् । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।