Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

सम्बन्ध बिगार्ने यस्ता समाचार प्रायः सुन्न र देख्न पाइन्छ । आजको जमानामा सम्बन्धको कुनै महत्व छैन । मानिसको नियत बिग्रदै गएको छ र साथमा सम्बन्ध पनि बिग्रदै गएको छ ।

घर भित्र होश या बाहिर मानिसले यस्तो काम गर्छन् कि पवित्र सम्बन्ध माटोमा मिल्छ। यस्तै एउटा घटना भारतको उत्तर प्रदेशबाट बाहिर आएको छ जहाँ ससुराले बुहारीसँग बिहे गरे र खबर बाहिर आएपछि अहिले सबै हैरान भएका छन् ।

उत्तर प्रदेशमा ससुरा र बुहारी प्रेममा परे र उनीहरुले बिहे गरे । यसबीचमा न ससुरालाई छोराको चिन्ता थियो न श्रीमतीलाई श्रीमानको चिन्ता । हिजोसम्म श्रीमान्–श्रीमती रहेका युवक–युवतीबीच अहिले आमा छोराको सम्बन्ध बनेको छ ।

त्यसैगरी हिजोसम्म ससुरा र बुहारीको सम्बन्धमा रहेका महिला–पुरुष अहिले पति–पत्नी बनेका छन् । एक बाबुले छोरालाई धोका दिएर आफ्नी बुहारीसँग बिहे गरे र श्रीमतीले श्रीमिनलाई धोका दिएर ससुरासँग । युवक दुवैतर्फबाट ठगिएका छन् ।

यो घटना उत्तर प्रदेशको बदाऊन जिल्लाको दबतोरी चौकी क्षेत्रसँग सम्बन्धित छ। एक युवकले २०१६ सालमा वजिरगञ्ज क्षेत्रकी युवतीसँग विवाह गरेको बताए । दुवै जना करिब एक वर्ष सँगै बसे र त्यसपछि उनकी श्रीमती बुवा अर्थात् ससुरासँग कतै गइन् ।

बुबा र श्रीमती दुवै कहाँ गए भन्ने युवकलाई केही थाहा थिएन । युवकले दुवैको खोजी गर्न थाले । तर, उनीहरु भेटिएनन् । त्यसपछि युवकले प्रहरीमा उजुरी दिएका थिए । यद्यपि युवकले वर्षौंपछि बुबा र श्रीमतीको बारेमा थाहा पाएका छन् । दुवै जना चन्दौसीमा बस्दै आएका छन् ।

युवकले बाबु-श्रीमतीको सम्बन्धको बारेमा थाहा पाएपछि प्रहरीमा पुगेर दुबैको बारेमा प्रहरीलाई बताए । प्रहरीले दुवैलाई पक्राउ गरेको छ । तर, प्रहरीले दुवैलाई रिहा गर्नुपरेको थियो । किनकी युवकका बुवा र उनकी श्रीमतीले बिहे गरेका थिए र उनीहरुले अदालतमा प्रहरीलाई बिहेको कागजपत्र देखाएका थिए ।

युवतीले प्रहरीको सोधपुछमा आफू श्रीमानसँग खुसी नभएको र श्रीमानसँग रिसाएको बताएकी थिइन् । युवतीले आफू आफ्नै इच्छाले ससुरासँग भागेको र त्यसपछि दुवैले बिहे गरेको बताइन् । युवतीले विवाहका क्रममा आफ्ना पूर्व पति नाबालिग रहेको पनि बताइन् ।

दुई वर्षको छोरा…

प्रहरी सोधपुछमा युवतीले बताइन्,उनले ससुरासँग इच्छाले अदालतमा विवाह गरेको बताएकी छन् । यससँगै दुवै एक छोराका बाबुआमा पनि बनेका छन् । दुबैको २ वर्षको छोरा छ ।