Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

त्रिनगर माध्यामिक विद्यालयका २०५३ व्याच (एसएलसी) का दुई मिल्ने साथी बिजया बिष्ट र रीता श्रीसको भारतको चेन्नईमा मृ’त्यु भएको छ ।संयोग पनि कस्तो दुबै जनाको एउटै मिति अर्थात ६ गते मृ’त्यु भयो ।

को’रोना संक्रमणपछि उपचाररत रीताको असार ६ गते चेन्नईको कोईम्दुर अस्पतालमा मृ’त्यु भयो । उनको मृ’त्यु अघि जेठ १९ गते ससुरा र जेठ ६ गते को’रोना संक्रमणबाट उनका पतिको मृ’त्यु भयो । को’रोना संक्रमणबाट रीताका नाबालक छोरा मात्र जोगिए ।

उनकी मिल्ने साथी बिजया बिष्टको भने मुटुको अ’प्रेशनका क्रममा कार्तिक ६ गते मृ’त्यु भयो । ६ महिना अघि मृ’त्यु भएकी रिताको झै बिजयाको पनि चेन्नईमै अ’न्त्येष्टि भयो । धनगढी उपमहानगरपालिका–५ तारानगरकी बिजया बिष्टको धनगढी –१ बुद्ध मन्दिर लाईनका आकाश पाण्डेयसंग बिहा भयो ।

र उनी सपरिवार काठमाण्डौं बस्न थालिन । १३ वर्षअघि छोरीलाई जन्म दिएकी बिजयाको अ’प्रेशनका क्रममा मुटुको स’मस्या देखियो । र त्यही समस्याको स’माधानका लागि उनलाई १३ वर्षपछि चेन्नई लगिएको थियो । यद्दपि अ’प्रेशन हुन नपाउदै उनको मृ’त्यु भयो ।

यसअघि चेन्नईमै मृ’त्यु भएकी धनगढीकी रीता श्रीस बिबाहपछि पतिसंगै भारतको पुना बस्दै आएकी थिईन । उनी ससुरालाई भेट्न पति र छोरासंगै चेन्नई गएकी थिईन । त्यही बेला तातो दुधले पोलिएको हातको डे«सिङका लागि अस्पताल जादै गर्दा उनका पति को’रोनाबाट संक्रमित भए ।

र को’रोनाको उपचारका क्रममा जेठ ६ गते उनका पतिको मृ’त्यु भयो । त्यही क्रममा को’रोनाबाट संक्रमित भएका उनका ससुराको १३ दिनपछि मृ’त्यु भयो । श्रीमानको मृ’त्यु भएको ३० दिनमा रिताको पनि मृत्यु भयो। को’रोनाका कारण बुवा, आमा र हजुरबुवा गु’माएका रीताका छोरा यतिबेला धनगढीमा मावली हजुर बुवाको घरमा हुर्किईरहेका छन् ।

उता बिजयाकी १३ वर्षीया छोरी आफ्ना बुवाका साथमा छिन् । धनगढीमा जन्मिएर यही हुर्किएका दुई मिल्ने सहपाठी बिजया र रीता बिहापछि फरक फरक ठाउँमा बस्दै आएपनि संयोगले दुबै जनाको मृत्यु भने एउटै ठाउँमा हुन पुग्यो । त्यो पनि एउटै मितिमा ।