Jagaran Nepal बिहिबार, कार्तिक ११, २०७८

ब्राजिलमा एक अनौठो घटना घटेको छ । एक २६ वर्षिया पुरूसँग कारभित्र शारिरिक सम्पर्क राख्दा १५ वर्षिया युवतीको हृदयघातबाट निधन भएको छ ।

बेलायतबाट प्रकाशित हुने द् सनमा छापिएको एक रिपोर्टका अनुसार १५ वर्षिया युवती ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टोको कारभित्र यौनसम्पर्क गर्दा अगस्ट १ मा मृत्यु भएको हो ।प्रहरीले उनको रहस्यमय मृत्यु भएको भन्दै अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार ब्राजिलको क्युबाताओ सहरबाट उनलाई अचेत र गुप्तांगबाट रगत बगिरहेको अवस्थामा अस्पताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्पताल लगेका थिए । ती पुरुषले पुलिसलाई बताएअनुसार उनीहरु उनको कारमा शारीरिक सम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला भए ।

कारमा शारिरिक सम्बन्ध राख्दा हृदयघातको कारण ज्यान गुमाएकी १५ वर्षिया युवती ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टो
ब्राजिलमा यौन सहमतिको कानूनी उमेर १४ रहेको छ। समाचारका अनुसार डाक्टरहरुले ती किशोरीलाई कार्डियाक अरेस्ट भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् ।

पुलिसले अब पोस्टमार्टम रिपोर्टको प्रतिक्षा गरिरहेको छ । अस्पतालका नर्सहरुले किशोरीको शरीरमा हिंसाको कुनै चिन्ह नभएको बताएका छन् । तर, पुलिसले उनको मृत्युलाई शंकास्पद भनेर दर्ता गरेको छ तर ती २६ वर्षका पुरुषलाई कुनै अपराधको अभियोगमा मुद्दा चलाइने देखिएको छैन ।