Jagaran Nepal बुधबार, कार्तिक १०, २०७८

गुल्मी । पछिल्लो समय ‘स्कूटी’ युवा–युवतीहरु बीच लोकप्रिय सवारी साधन हो । विशेषगरी किशोरी तथा युवतीहरु स्कूटीप्रति निकै आकर्षित हुने गर्दछन् । र,यसको प्रयोग निकै बढ्दो छ ।

विभिन्न आकर्षक मोडल र रङ्गका स्कूटी चढ्ने क्रेज दिनानुदिन बढ्दो छ । तर, यात्राको यो साधन दु’र्घटनाले कैंयौं कलिला किशोर/किशोरी तथा युवाहरुको ज्यान पनि लिएको छ । यस्तै ज्यान गुमाउनेहरुमा रुपन्देहीलाई कार्यक्षेत्र बनाउँदै आएका २३ वर्षीया सुस्मिता एक हुन् ।

गत शुक्रबार राति रुपन्देहीको तिलोत्तमा–२ सिताराम राइस मिल नजिकै स्कुटी दु’र्घटनामा परेर ज्यान गुमाएकी २३ वर्षीया सुस्मिता क्षेत्री (पाण्डे ) गुल्मीकी होनाहार चेली थिइन् । उनले गुल्मीकी मात्र नभई साविक लुम्बिनी अञ्चलकै बहुप्रतिभाशाली युवतीको पहिचान बनाएकी थिइन्।

सुस्मिताले सन्–२०१७ को मिस लुम्बिनी सौन्दर्य प्रतियोगितामा उत्कृष्ट बनेको उनका दाजु अशोक पाण्डेले बताए । उनका अनुसार त्यसदिन साँझ ९ बजेर ४५ मिनेट जाँदा बुटवलबाट घरतर्फ आउँदै गरेको अवस्थामा स्कुटी दु’र्घटना भएको थियो।दु’र्घटनामा परी ग’म्भीर घा’इते उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएको र उपचारकै क्रममा उनको ज्यान गएको थियो।

अध्ययन ,जागिरसँगै सौन्दर्य क्षेत्रमा अग्रसर सुस्मिताले छोटो समय र युवा अवस्थामै प्रतिष्ठित कम्पनीमा काम गर्दै आएकी थिइन् । उनले इन्टरनेट सेवाप्रदायक कम्पनी ब्रोडलिंकको बुटवलशाखा, फाइभ स्टार होटल, टाइगर प्यालेसमा काम गरेकी थिइन् ।

पछिल्लो समय बुटवल मिलनचोकको फुड सप्लायर्स गर्ने ‘लुम्बिनी भोज’ को इन्चार्जका रुपमा काम गर्दै आएको दाजु पाण्डले सुनाए। उनका एक दाजु भारतिय सेनामा छन्। उनकी दिदी डेनमार्कमा रहेकी छन् । उनीहरु नआएसम्म श’व लुम्बिनी अस्पतालमै राखिएको दाजु पाण्डेले बताए ।

उनकी आमाले गला अवरुद्ध पार्दै त्यसदिन छोरीले बुटवल काम गर्ने स्थानमा आफूलाई पनि साथीहरुले प्रोग्राममा बोलाएका छन्, खासै सञ्चो छैन तैपनि एक छिन गएर आउँछु है भन्दै हिँडेको बताइन् ।उनका बाबु खुमबहादुर पाण्डे सहितको परिवार गत १२ वर्षदेखि तिलोत्तमा–१ को शंकर नगरमा डेरा गरी बस्दै आएका छन् ।

उनीहरुको घर गुल्मीदरबार गाउँपालिका–४, साविक बिरवास गाविसको भट्टेचौर देउरालीमा हो । परिवारका सदस्य यता घरमा आवत–जावत गर्ने गरेका छन् । तिलोत्तमा–१ का वडाका सदस्य नेत्र खनालले उनीहरु आफ्ना छिमेकी भएको र एउटी होनाहर चेली गु’माएकोप्रति दुःख ब्यक्त गरे। यतिबेला शोकाकुल परिवार डेरामा नबसी फुपु लक्ष्मी थापाको घरमा गएर बसेका छन् । सुस्मिता अविवाहित थिइन्।