Jagaran Nepal बुधबार, कार्तिक १०, २०७८

नयाँदिल्ली । भारतको तामिलनाडुमा एक नवविवाहित महिलाले श्रीमानको हत्या गरेकी छिन् । इन्डियन एक्सप्रेसका अनुसार हेन्डसम नभएको भन्दै उनले श्रीमानको ह/त्या गरेका हुन् । ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको एक साताअघि मात्रै विवाह भएको थियो । उनीहरूबीच सोमबार साँझ कुडालोरस्थित घरमा भएको थियो । झगडाका क्रममा श्रीमतीले ग्राइन्डरले टाउकोमा प्रहार गरेकी थिइन् । लगत्तै उनको मृत्यु भएको थियो ।

त्यसपछि श्रीमती चाहिँ बाहिर निस्किएर श्रीमानको ह/त्या भयो भन्दै रोइकराइ गरेकी थिइन् । प्रहरी अनुसन्धान पश्चात मंगलबार उनलाई नै हत्या अभियोगमा पक्राउ गरिएको हो ।

विवाद लगत्तै ती महिलालाई साथी र नातेदारले श्रीमान् हेर्दा आकर्षक र राम्रो नभएको भन्दै जिस्काउने गरेका थिए । आफू सुहाउँदो जोडी नभएको भनेपछि उनले पनि श्रीमानलाई घृ,णा गर्न थालेकी थिइन् ।