Jagaran Nepal सोमबार, कार्तिक ०८, २०७८

काठमाडौं । चर्चित स्टेज कार्यक्रमकी उद्घोषक एवं गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ ।

उहाँकी ममतामयी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । लामो समयदेखि बिरामी हुनु भएकी भगवती ज्ञवाली छोरी मञ्जु पौडेलकै रेखदेखमा हुनुहुन्थ्यो ।

गायिका पौडेलले आमाको मृत्युको जानकारी सामाजिक सञ्जालमार्फत दिनुभयो ।

उहाँले शनिबार सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्यौँ ।

हाम्रो परिवारको आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनु भएन । आमा हजुरको आत्माले शान्ति पाओस् ।’ सामाजिक सञ्जालमा कलाकार, फ्यान लगायत सबैले हार्दिक समवेदना व्यक्त गरेका छन् ।

गायिका मञ्जु पौडेल नेपालकी चर्चित कलाकार हुनुहुन्छ । उहाँले धेरै गीतहरु गाउनुभएको छ । साथै स्टेजमा चढेपछि भरपुर मनोरञ्जनसहित सफल कार्यक्रम सञ्चालन गर्ने सञ्चालिकाको रुपमा उहाँको परिचय छ । उहाँका धेरै गीतहरु सफलताको शिखरमा छन् ।