Jagaran Nepal सोमबार, कार्तिक ०८, २०७८

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रमममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

लामा समयदेखि ब्लड क्यान्सर रोगबाटपीडित थिइन्। लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन्। उनी नेपाली कांग्रेस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी श्रीमती हुन्।

त्यस्तै नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए ।

गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । संक्रमणमुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।

नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका उनि यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए । एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गर्नुभएका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए ।