Jagaran Nepal शनिबार, कार्तिक ०६, २०७८

काठमाडौं । ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन खान जेलमा बन्द भएको १९ दिन भैसकेको छ ।

उनलाई जमानत मिल्ने खबरहरु लगातार आइरकेका छन् । तर उनले अहिलेसम्म जमानत प्राप्त गर्न सकिरहेका छैनन् ।

भारतीय सञ्चारमाध्यमहरुले गरेको रिर्पोट अनुसार जेलमा उनको दैनिकी परिवर्तन पनि भैसकेको छ । विशेष श्रोतका अनुसार आर्यन अब आफ्नो रिहाइका लागि भगवान भरोसा छन् ।

उनको बैरकमा रहेको मन्दिर हरेक दिन बेलुका ७ः१५ बजे आरती हुन्छ । उनी आरती पूरा हुँदासम्म त्यहाँ बस्छन् । तपाईंलाई जानकारी गराउ कि बिहीबार आफ्नो छोरालाई भेट्न बलिउड बादशाह शाहरुख खान पनि कारागार पुगेका थिँए ।

उनीहरुबीच झण्डै १० मिनेट कुरा भएको बताइएको छ । शाहरुख खान बिहीबार छोरालाई भेट्न आर्थर रोड जेल पुगेका हुन् । बुवालाई भेटेर छोरा एकदम रोएका थिँए । बुबा गएपछि आर्यन आगन्तुक कोठामा रोईरहेका थिँए । त्यस क्रममा जेलका एक सेन्ट्रीले उनलाई चुपचाप बनाएका हुन् ।

अर्का एक कैदीले उसको काँधमा हात राखेर उसलाई शान्त रहन भनेको पनि समाचार पनि बाहिर आउँदै छन् ।

जेल स्रोतका अनुसार, जब आर्यन आगन्तुक को कोठाबाट फर्केर आउदै थिए, लगभग २० जना मानिसहरु आगमन कोठा बाहिर लामबद्ध थिए ।

रोई रहेका उनलाई शान्त पार्न अर्को पटक जमानत मिल्ने विश्वास पन दिलाइएको छ । तपाईंलाई जानकारी गराउ कि आर्यनसहितको समुहलाई २ अक्टोरबरमा एक पानीजहाजबाट एनसीबी अधिकारीहरुले गिरफ्तार गरेका थिँए ।